मनाङमस्यार्दी आहा राराको सेमिफाइनलमा

पोखरा, माघ ९ गते । मनाङ मस्र्याङदी क्लब २०औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइबार पोखरा रगशालाको फुटबल मैदानमा भएको क्वारटरफाइलन खेलमा मनाङ मस्र्याङदीले नेपाल पुलिस क्लबलाई २–० गोलको सहज जित निकाल्दै सेमिफाइनल यात्रा पक्का गरेको हो ।

मनाङलाई सेमिफाइलनको ढोका खोल्न रुपेश केसी र विदेशी अफिज ओलावाले एक÷एक गोलको योगदान दिए । पहिलो हाफ गोलरहित खेलेको मनाङ मस्र्याङदीले पुलिस विरुद्ध ६५ औ मिनेटमा गोलको खाता खोल्यो । गोलको खोजीमा दुवै टिमले संघर्ष गरेपनि मनांगले गोलको खाता खोल्दै हावी भयो । खेलको ६४औं मिनेटमा मनाङकालागि रुपेशले पहिलो गोल गरे ।

 

यस्तै, ओलावालेले ८८औं मिनेटमा गोल गर्दै मनाङको अग्रता दोब्बर पार्दै जित सुनिश्चित गरे । पोखरेली मैदानमा मनाङ आफनो गर्विलो इतिहास कायम राख्यो । उसले छैठौ पटक आहा राराको उपाधि उचालेको छ । सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...