पोखरा, माघ १२ गते ।कोरोना भाइरस संक्रमण तिव्र रुपमा फैलिएको छ । कास्की कोरोनाको उच्च जोखिममा रहेको छ । कास्कीका सरकारी कार्यालयहरु कोरोना भाइरस संक्रमण फैलने प्रमुख ठाँउ बनेका छन् ।
धेरै भिडभाड हुने भएको सरकारी कार्यालयहरुमा जोखिम बढदो छ । जिल्ला प्रशासन कार्यालय कास्की, मालपोत कार्यालय, यातायात, पोखरा महानगरपालिका कार्यालयमा कोरोना संक्रमण तिव्र रुपमा फैलिएको छ । जिल्ला प्रशासन कार्यालय र मालपोत कार्र्यालयले सेवा प्रवाहलाई स्थगन समेत गरेका छन् । जिल्ला कार्यालय र मालपोत कार्यालयले अनिश्चित कालका लािग अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । कर्र्मचारहिरु संक्रमति भएपछि सेवा प्रवाहलाई स्थागित गरेको जनाएका छन् । यस्तै पोखरा महानगरपालिकामा पनि कर्मचारी संक्रमित भएका छaन् । मंगलबारसम्म महानगरमा ७७ जना कर्मचारी संक्रमित भैसकेका छन् । स्वास्थ्यकर्मी र अन्य कमचारी गरी ७७ जना संक्रमित भएका छन ।
पोखरा अन्र्तगतका वडा कार्यालयमा कार्यरत कर्मचारी संक्रमित हुदाँ सेवा प्रवाह प्रभावित भएको वडा अध्यक्षहरुले गुनासो गरेका छन् । पोखरा ११ मा ६ जना कर्मचार िरहेकमा पाँच जना कोरोना संक्रमित भएका छ भने एक जना सहयोगीको भरमा कार्यालय सञ्चालन भैरहेको बताइएको छ । त्यस्तै अन्य वडाहरुमा पनि कोरोना संक्रमणका कारण कर्मचारी संक्रमित भएका छन् । वडा अध्यक्षहरुले केही समय प्रभावत वडाहरुको सेवा बन्द गर्न महानगरपालिकासंग आग्रह समेत गरेका छन् ।