काठमाडौं । प्रधान मन्त्री शेरवहादुर देउवाले शुक्रबार राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरेका छन् ।बंगलदेशको ढाकामा २०८७ पौष ६ देखि १६ गते सम्म संचालन भएको बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता महिला भलिबल टोलीका खेलाडी हरुलाई प्रधान मन्त्री देउवाले जनहि ५ लाख प्रदान गरेका थिए । स्वर्ण पदक विजेता सम्मानित खेलाडीमा कप्तान अरुणा शाही,मनिषा कुमारी चौधरी,कामना बिष्ट,लक्ष्मी चन्द,उषा भण्डारी,प्रतिभा माली,सलिना श्रेष्ठ,सरस्वती चौधरी,सुनिता खड्का,सफिया पुन,कृपा अधिकारी, र शान्ति कुमारी थारु छन् । स्टार खेलाडी सरस्वती भने घुडाको शल्याक्रिया भएको कारण उपस्थिति भएकी थिईन ।
उनको सम्मान पत्र पुरुष भलिबलका पूर्व कप्तान भरत शाहाले लिएका थिए । त्यस्तै मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्ट र प्रशिक्षक भरत यादबले समान ३ लाख प्राप्त गरेका छन् भने टिम मेनेजर ज्योती केसीले २ लाख प्राप्त गरेकी थिईन् । सोहि अवसरमा विश्व व्याडमिन्टन महासंघको पुरुष जुनियर एकलतर्फ विश्व वरियताको शिर्ष स्थानमा पुग्न सफल खेलाडी प्रिन्स दाहाल र फुटबलका विदेशी प्रशिक्षक प्रशिक्षक अब्दुलाह अल्मोतारीलाई पनि सम्मान गरिएको थियो । अल्मोतारीले भने फुटबल टिम सम्मानीत हुदा विदेशमा भएका करण उपस्थिति नभए पश्चात शुक्रबार सम्मान गरिएको हो ।
खेलाडी तथा प्रशिक्षक सम्मान पश्चात प्रधान मन्त्री देउवाले खेलकुद देशको नाम र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र फिजाउने यौटा महत्त्वपूर्ण र प्रभावकारी माध्यम भएको बताए । उनले भने खेलकुद क्षेत्रको समग्र विकास तथा खेलाडीहरूको क्षमता विकासको लागि सरकारले विशेष जोड दिँदै आएको छ । सरकारले खेलकुद मार्फत राष्ट्रको शान र इज्जत उँचो बनाउने खेलाडीहरूलाई प्रोत्साहित गर्न र उनीहरूको मनोबल उच्च राख्न विभिन्न सम्मान कार्यक्रमको आयोजना तथा नगद पुरस्कार वितरण पनि गर्दै आइरहेको छ ।
यसै सन्दर्भमा बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय महिलाभलिबल प्रतियोगितामा विजयी भईपदक विजेता खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई नगद पुरस्कार सहित सम्मान–पत्र दिनेनेपाल सरकार, मन्त्रिपरिषद्बाट निर्णय भएको हो । आज सम्मानित र पुरस्कृत हुने सबै खेलाडी,प्रशिक्षकर अफिसियलहरू धन्यवादका पात्र हुनुहुन्छ । तपाईंहरूप्रति हामी सबै गौरवान्वित छौँ ।
भलिबल खेलको माध्यमबाट नेपालको शिर उँचो बनाउन जुन मेहनत गर्नुभयो त्यो अति नै प्रशंसनीय छ । भविष्यमा पनि नेपाली खेलाडीहरूले भलिबल लगायतका खेलकुदका विभिन्न विधामा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने प्रतिस्पर्धामा सहभागी भई राम्रो नतिजा हासिल गरी नेपाल र नेपालीको शिर उँचो बनाउने कार्यमा निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।
यसैगरीविश्व ब्याडमिन्टन महासंघको पुरुष जुनियर एकल खेलाडीतर्फ विश्व वरियताको शीर्ष स्थानमा पर्न सफल भई राष्ट्रको गरिमा उच्च राख्न पु¥याउनु भएको योगदानको कदर गर्दै ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पनि हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।फुटबलको क्षेत्रमा नेपाली खेलाडीहरूलाई निरन्तर कुशल प्रशिक्षण दिइरहनु भएका प्रशिक्षक अब्दुलाह अल्मोतारीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु ।आगामी दिनहरूमा फुटबल प्रतियोगितामा पनि नेपाली खेलाडीहरूले सफलता प्राप्त गर्न प्रयासरत रहनुहुनेछ भन्ने अपेक्षा लिएको छु ।
आम नेपाली खेलाडी तथा खेलकर्मीहरूले आगामी दिनमा अझै उच्च मनोबलका साथ काम गर्दै मुलुकको प्रतिष्ठा र यश अभिवृद्धि गर्दै जान योगदान गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । यहाँहरूलाई नेपाल सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने सहयोगका लागि सरकार सदैव सकारात्मक रहेको व्यहोरा जानकारी गराउन चाहन्छु।
सरकारले मुलुकमा खेलकुद क्षेत्रको विकासका लागि देशभर खेलकुद पूर्वाधारहरूको निर्माण र स्तरोन्नतिका लागि विशेष कार्यहरू गर्दै आइरहेको छ । साथै, खेलाडीहरूको सुविधा विस्तारको विषयमा आवश्यक व्यवस्था मिलाउन समेत सरकारले पहल गर्ने विश्वास दिलाउन चाहन्छु ।खेलकुद क्षेत्रको विकाससँगैसँगै यस क्षेत्रमाअनुशासन र सुशासन कायम गर्नआवश्यक छ । खेलकूद क्षेत्रलाई सबै किसिमका विकृति र विसङ्गतिबाट मुक्त राख्दै स्वच्छ प्रतिस्पर्धालाई अघि बढाउन हामी सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न जरुरी छ । यस सन्दर्भमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र सम्बद्ध खेलसंघहरू तथा सम्पूर्ण खेलकर्मीहरूबीच समन्वयात्मक प्रयास हुनु आवश्यक देख्दछु । निजी क्षेत्रका संघ संस्थाहरूले मुलुकको खेलकुद क्षेत्रको विस्तार र प्रवर्द्धनका लागि गरेको सहयोगको हार्दिक सह्राहना गर्दैआगामी दिनमा खेलकुदका क्षेत्रमा थप लगानी बढाउन समेत अपिल गर्न चाहन्छु ।
अन्त्यमा, नेपाली खेलाडीहरूलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरी देशको गौरव बढाउँदै जाने सफलता प्राप्त होस् भन्ने कामना गर्दछु ।प्रधान मन्त्री देउवाले नेपाल भलिबल संघलाई पनि सम्मान गरेका छन् । सोही अवसरमा नेपाल भलिबल संघको तर्फबाट अध्यक्ष मनोरन्जन रमण शर्माले प्रधान मन्त्री देउवा, युवा तथा खेलकुद मन्त्री महेश्वरजङ् गहतराज(अथक) र सचिव डा. दामोदर रेग्मीलाई मायाको चिनो प्रदान गरेका थिए ।
समापनका अवसरमा युवा तथा खेलकुद मन्त्री महेश्वरजङ् गहतराज(अथक)ले भलिबल नेपालको राष्ट्रिय खेल भए पनि कभर्डहल नभएकाले त्रिपुरेश्वर हात भित्रै अन्तर्राष्ट्रिय स्तरको कभर्डहल निर्माणका लागि पहल कदमी गरिने बताए । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले स्वागत मन्तब्य राखेका थिए । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला,नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के,महासचिव जितन्द्र वहादुर चन्द,कोषध्यक्ष सुनकेशरी मालीलगायतको उपस्थिति रहेको थियो ।