पोखरामा बन्दको प्रभाव आंशिक

पोखरा, फागुन ४ गते । मसिसी सम्झौताविरुद्ध छ राजनीतिक दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव आंशिक परेको छ । पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज बन्दको आह्वान गरेका छन् । पोखरामा नपाल बन्दको प्रभाव न्यून परेको छ । पोखरामा नियमितझैं सार्वजनिक सवारी साधन सञ्चानमा छैनन भने निजी सवारीसाधन चलेका छन् । पोखराका मुख्य सडकदेखि बजार पनि खुलेको छ । लामो दूरीमा चल्ने गाडी भने छुटेका छैनन् ।

आजको प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेको भन्दै दलहरुले बन्दको घोषणा गरेका हुन् ।मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् ।

 

बन्दको प्रभाव आंशिक परेपनि स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको छ । गुह मन्त्रालयले मंगलबार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...