पोखरा, फागुन ५ गते । “१६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७८” को तयारी पुरा भएको छ । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने प्रतियोगिताको तयारी पुरा भएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
फागुन ७ गते हुनेखुल्ला ४२.१९५ किमि म्याराथन प्र्रतियोगितामा १६२ जनाले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरीप्रसाद पराजुलीले बताउनुभयो । म्याराथनमा मित्रराष्ट्र भारत, केन्या, फ्रान्स, युके, ओमन, आयरल्याण्ड, अमेरिकाका १४ जना धावकहरु सहित नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीबल लगायत नेपालका १७ जिल्लाहरुबाट गरी म्यारथनतर्फ १६२ जनाले प्रतिप्पर्धा गर्ने अध्यक्ष पराजुलीले जानकारी दिए ।
प्रतियोगिताका बिजेताले ४ लाख पाउनेछन् भने उपबिजेताले २ लाख, तेश्रोले १ लाख र चौंथोलाई ३० हजार पुरस्कार दिइने आयोजकले बताएको छ। म्याराथन विजेताले बेलायतको म्याराथनमा सहभागिता जनाउन पाउने छन् । त्यस्तै महिला हाफ म्याराथनमा ३९ गरी कुल २०१ धावक खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । हाफ म्याराथनको विजेताले १ लाख, उपविजेताले ७५ हजार, तृतिय ५० हजार, सान्त्वना १५ हजार प्राप्त गर्ने छन् ।
यता पोखरा म्याराथन अन्र्तगत सञ्चालन हुने १० किमि पुरुष तथा महिला, ५ किमि छात्र÷छात्र, ह्विल चियर तथा दृष्टिविहिन दौड प्रतियोगिता आउदो चैत १२ गते आयोजना हुने भएको छ । कोरोना भाइरस संक्रमणका कारण गत वर्षदेखि दुई चरणमा आयोजना गरिएको हो । आगामी तिन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता गराउने योजना संगै पुरस्कारको राशी १० लाख पु¥याउने लक्ष्यका अगाडी बढेको अध्यक्ष पराजुलीले बताउनुभयो । पोखरा म्याराथनको कुल खर्च ९३ लाख र आम्दनी १ करोड ५ लाख हुने अनुमान गरेको अयोजनकले जनाएको छ ।
म्याराथनलाई पोखरेली मञ्च यूकेको ५ लाख
पोखरा सफल म्याराथनलाई पोखरेली मञ्च यूकेले आर्थिक सहयोग प्रदान गरेको छ । म्याराथनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेली मञ्च यूकेका अध्यक्ष मनप्रसाद गुरुंगले भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई ५ लाख रुपैयाँ हस्तान्तरण गर्नुभयो । यूकेमा रहेका नेपालीहरुबाट पोखरा म्याराथनलाई सहयोगका लागि रकम संकलन गरिएको हो ।