पोखरा, चैत ४ गते ।बक्सिङका अन्र्तराष्ट्रिय खेलाडी गणेशबहादुर भटराईले खेलकुदमा राजनीतिकरण बढेको बताउनु भएको छ । उहाँले पछिल्लो समय खेलकुदको तलब खाने तर काम पार्टीको गर्ने अवस्था सृजना भएको बताउनु भएको छ । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गदै उहाँले खेलकुद क्षेत्र कार्यकताले जागिर खाने थलो बनेको बताउनुभयो ।
खेलाडीले राष्ट्रको गौरब बढाउने काम गरेपनि राज्यले बेवास्था गरेको बताउनुभयो । खेलाडी भटराईले खेलकुद परिषद, ओलम्पिक कमिटि कमिशनको पछि र विदेश जानकै लागि समिति ब्यक्तिले त्यसबाट फाइदा लिएको आरोप लगाउनुभयो । ‘विदेश जाने र कमिशन तथा आफना छोराछोरीलाई सहयोगी राख्ने काम भएको । यहाँ सवल र सक्षम ब्यत्तिले स्थान पाउनुपर्छ ।’ उहाँले खेलाडीको पक्षमा भन्दा ब्यत्तिगत स्वार्थमा खेलकुद पदाधिकारी लागेको आरोप लगाउनुभयो । उहाँले खेलकुद क्षेत्रमा मल्टिनेशनल कम्पनीहरुको लगानी विना खेल क्षेत्रको विकास नहुने बताउनुभयो ।
खेलकुद परिषद गण्डकीका सदस्य योगेन्द्र शेरचनले खेलाडीले संघले खेलाडीको भावनालाई आत्मसाथ गदै अगाडी बढनुपर्नेमा जोड दिनुभयो ।‘खेलाडीको भावना र आवाजको प्रतिनिधित्व गदै उनीहरुको पक्षमा आवाज बुलन्द गर्नुपर्छ ।’
खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले खेलाडीहरुलाई खेलकुद क्षेत्रबाट विस्थापित हुन नदिन सरोकारवाला निकायले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । खेलाडीहरुको हौसला प्रदान गर्न मञ्चले पोखरा स्पोर्टस अवार्ड आयोजना गदै आएको जानकारी दिनुभयो । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत राजन पौडेल र सञ्चालन हिमाल खड्काले गर्नुभएको थियो ।