लुम्बिनी सञ्चार विधेयक र गुरुयोजना पारित

पोखरा, चैत २२ गते ।लुम्बिनी प्रदेश सरकारको चैत्र २१ गते बसेको मन्त्री परिषद्ले परिमार्जजनसहितको सञ्चार विधेयक सदनमा पेश गर्ने गरी स्वीकृत गरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्री एवं सरकारका प्रबक्ता तिलकराम शर्माले बताउनुभएको छ । यस्तो कुरा मन्त्री परिषद्को निर्णय सार्वजनिककरण गर्दै आज बुटवलमा बताउनभएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्री शर्माले चैत्र २१ गते सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजिकरण गर्न आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको हो । पत्रकार सम्मेलनमा मन्त्री शर्माले परिषद्ले प्रदेश सरकारको गौरवको आयोजना लुम्बीनी प्रदेश राजधानीको गुरु योजना स्वीकृत गरेको छ ।

 

यसैगरी मन्त्री परिषदले संचार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको परिमार्जित विधेयक प्रदेश सभामा पेश गर्ने, वि.सं. २०७९ सालको लागि लुम्बिनी प्रदेशमा सार्वजनिक पर्व एवम् सट्टा विदा र का स्वीकृत गरेको समेत सरकारका प्रवक्ता तिलकराम शर्माले बताउनुभयो ।

 

यस्तै गरी मन्त्री परिषद्ले पाल्पा दरबार संग्रहालय विकास समितिमा विज्ञ सदस्यको रुपमा करुणा काफ्ले सदस्यमा चित्र बलिराम सुवाल र शान्ता सारु (पाल्पा) लाई मनोनीत गर्ने, लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने निर्णय समेत भएको प्रवक्ता शर्माले बताउनुभएको छ ।

 

यसैगरी मन्त्री परिषद्ले स्वास्थ्य क्षेत्रमा कसै र कोही पनि रगतको अभावमा जीवन गुमाउन नपरो भनेर प्रदेश निःशुल्क रक्तसञ्चार व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको समेत प्रबक्ता शर्माले बताउनुभयो ।

 

यस्तै सञ्चार मन्त्री एवं प्रबक्ता तिलकराम शर्माले प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सिक परिचालन कार्यविधि, २०७८ स्वीकृत भएको, प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा (पहिलो संशोधन) निर्देशिका, २०७८ प्रदेश स्वास्थ्य साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८, लालमटिया स्वास्थ्य चौकी, भालुबाङ, दाङलाई ५० शैयामा स्तरोन्नती गरी प्रदेश सञ्चालन ल्याउन नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

 

शर्माले विधेयकबारेमा लुम्बिनी प्रदेश पत्रकार महासंघका प्रतिनिधी, पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, निवर्तमान अध्यक्ष गोविन्द आचार्य लगायतको टोलीले सो विधेयकमाथी छलफल तथा राय परामर्श भएकोले गरेकाले गर्दा सो विधेयकलाई उत्तम भएको दावी मन्त्री शर्माले गर्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...