गण्डकी सरकारले हटायो ११ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष

पोखरा,चैत २४ गते ।गण्डकी प्रदेशका ११ जिल्लाका खेलकुद विकास समितिका अध्यक्षहरुलाई हटाइएको छ । गण्डकी प्रदेश सरकारले शुक्रबार ११ जिल्लाका अध्यक्षहरुलाई पदमुक्त गरेको हो । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचको आधार संहिता लागु हुनु अगाबै प्रदेश सरकारले खेलकुद विकास समितिका अध्यक्षहरुलाई हटाएको हो ।

नयाँ नियुक्ति नभएसम्म गण्डकीका ११ जिल्ला खेलकुद विकास समितिहरु नेतृत्व विहिन हुने छन भने खेलकुद गतिविधि ठप्प हुने छन् । प्रदेश सरकारले खेलकुद पदाधिकारी हटाउने गरी स्पष्टिकरण सोधेको थियो । स्पष्टिरण चित्तबुझदो नभएपछि पदबाट हटाएको हो ।गण्डकी प्रदेश सरकारले खेलकुद विकास समितिका पदाधिकारी निर्वाचन पछि नियुक्त गर्ने तयारी गरेको बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...