इजरायलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो : सेना

जेरुसेलम, असोज २४ गते । इजरायल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजरायलीहरूको मृत्यु भएको इजरायलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ताले बुधबार बताउनुभएको छ । यो सङ्ख्या यसअघि बताइएको एक हजारभन्दा बढी हो ।

“मृत्यु हुनेको सङ्ख्या एक हजार दुई सय पुगेको छ”, आईडीएफका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कन्रिकसले एक भिडियो मेसेजमा भन्नुभयो । उहाँले मारिनेहरूमा अधिकांश सर्वसाधारण रहेको जानकारी दिनुभयो ।

 

यसैबीच, इजरायलले गाजापट्टीमा रातभर गरेको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको र सयौँ घाइते भएको हमास सरकारका एक अधिकारीले बुधबार बताएका छन् ।

 

हमास सरकारको सञ्चार कार्यालयका प्रमुख सलमा मरुफले इजरायली हमलामा दर्जनौँ आवासीय भवन, कारखाना, मस्जिद र पसलहरू प्रभावित भएको एएफपीलाई जानकारी दिनुभयो ।

 

इजरायली सेनाले रातको समयमा हमासका थुप्रै लक्ष्यमा आक्रमण गरेको पुष्टि गरेको छ । रासस/एएफपी

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...