दृष्टिविहीन महिला लक्षित हस्ताक्षर तालिम

पाेखरा, फागुन ६ गते ।दृष्टिविहीन महिला लक्षित हस्ताक्षर तालिम समापन, हस्ताक्षर गर्न सक्ने सहभागिहरुको विश्वास दृष्टिविहीन महिलाहरुलाई लक्षित गरि आयोजना गरिएको तीन दिने हस्ताक्षर तालिम समापन भएको छ ।

‘औठा छाप बन्द गरौं’ भन्ने उद्देश्यका साथ प्रयत्न नेपालले तालिमको आयोजना गरिएको हो । पोखरामा भएको तालिममा सहभागिहरुले परिआएको अवस्थामा विभिन्न कागजातमा हस्ताक्षण गर्न सकिने सुनाए ।

 

उनीहरुले यस भन्दा अगाडी औठा छाप लगाउदै आएको र अवका दिन हस्ताक्षर गर्न सक्ने बताउछन् । तालिममा सहभागि देब कुमारी हरिजनले देख्नेका तुलनामा आफुहरुलाई हस्ताक्षर गर्न निकै कठिन भएको सुनाउदै, तालीम लिएपछि समस्या समाधान हुने बताइन् ।

 

‘पहिला औठा छाप लगाउदै आएकोमा, अवका दिनहरुमा कुनै पनि कागजातमा हस्ताक्षर गर्न सक्छु’ उनले भनिन्, ‘तालिम लिदा के, होला कसो होला, भन्ने जिज्ञासाहरु उब्जी रहेको थियो तर, सिक्दै जादा धेरै प्रयत्न पछि अहिले सजिलो लागेको छ’ ।

 

 

अर्की सहभागि कविता आचार्य दाहालले पनि हस्ताक्षर गर्न परे सहज रुपमा हस्ताक्षर गर्नमा ढुक्क रहेको बताउछीन् । यस्ता तालिमको व्यवस्था विभिन्न संघ संस्था तथा संघिय, प्रदेश र स्थानीय तहले गरिदिए दृष्टिविहीन महिला तथा पुरुषहरुले हस्ताक्षर गर्न सकिने समेत सहभागिहरु बताउछन् ।

 

 

प्रशिक्षकहरु सविता लामिछाने, सृजना परियार, र रितु पन्तले तालिम दिएका थिए । मास्टर डिग्री गरेका र विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयमा आवद्ध भएका दृष्टिविहीन महिलाहरुलाई कुनै पनि कागजातमा हस्ताक्षरका लागि सक्षम बनाउन तालिमको आयोजना गरिएको प्रयत्न नेपालका अध्यक्ष सरिता लामिछानेले बताइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...