भीरबाट खसेर एक जर्मन नागरिकको मृत्यु

पोखरा,फागुन १३ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ को मिर्सा भीरबाट खसेर एक जर्मन नागरिकको मृत्यु भएको छ । घुम्न जानुभएकी अन्दाजी २० वर्षीया जर्मन नागरिक पिया जोस शनिवार साँझ भीरबाट खस्नुभएको थियो ।

सशस्त्र प्रहरी बलको टोलीले शनिवार बिहान उहाँलाई भीरबाट निकालेको थियो । पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानका चिकित्सकले उहाँलाई बिहान साढे १० बजे मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक रानामगरले जानकारी दिनुभयो ।

जोसको शव प्रतिष्ठानको गण्डकी क्षेत्रीय अस्पतालमै राखिएको छ । जोससँगै घुम्न गएका एक अमेरिकन नागरिक पनि अहिले गण्डकी अस्पतालमै रहेको र उनीसँग सोधपुक्ष भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...