पोखरा, फागुन १३ गते ।मुक्ति समाज केन्द्रीय कमिटीद्वारा अघि सारिएको टार्गेट कन्भर्सन (न्याय, समानता र समृद्धिको लागि जागरण अभियान), २०८० देशभर संचालन छ ।
कास्कीको माछापुच्छे« गा.पा., अन्नपूर्ण गा.पा., रुपा गा.पा. र पोखरा महानगरपालिकामा टार्गेट कन्भर्सन कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
मुक्ति समाज पोखराको अभिमुखीकरण कार्यक्रममा मुक्ति समाज केन्द्रीय कमिटीका सचिव धन बहादुर नेपालीले समानता प्राप्तिको लागि संविधानको मौलिक अधिकार उत्पीडित समुदायको कानुनी अधिकार बारे बुझ्न आवश्यक भएको बताए ।
हरि सुनारको अध्यक्षतामा भएको कार्यक्रममा मुक्ति समाज केन्द्रीय सदस्य मनबुजा वि.क., किसान परियार लगायतले बोल्नुभएको थियो ।
रुपा गा.पा.मा मुक्ति समाज केन्द्रीय सचिवालय सदस्य प्रेम वि.क., ऋषि वि.क.ले अभियानबारे प्रष्ट पार्नुभएको थियो ।
त्यसैगरी माछापुच्छे« गा.पा.मा मुक्ति समाज स्थायी समिति सदस्य लाल बहादुर परियारले अभियानलार्य व्यवस्थित रुपमा संचालन गर्नु मुक्ति समाजका नेता कार्यकर्ताको मुख्य काम हो भन्नुभयो । कार्यक्रममा मंगल नेपाली, राममाया वि.क., होम नेपाली लगायतले अभियानको महत्वबारे बताउनुभएको थियो ।
अन्नपूर्ण गा.पा.मा नेकपा एमाले केन्द्रीय कमिटी सचिवालय सदस्य डि.वि.नेपालीले अभियानले पार्टी सशक्त बनाउने, मोर्चा संगठन परिचालित हुने र सबै खाले विभेद अन्त्य गर्न सहयोग पुग्ने बताउनुभयो ।
टार्गेट कन्भर्सन अन्तर्गत मुक्ति समाजले समाजमा सबै सराबरी मान्छे बराबरी भन्ने मूल मर्मलाई आत्मसात गरेर कार्यक्रम ल्याएको छ ।