प्रिन्सलाई लगातार चौथो पटक उपाधी

काठमाडौ ।राष्ट्रिय ब्याडमिन्टन सघ, नेपालले बिश्व जुनियर नम्बर एक रहिसकेका नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाललाई रोयल ईनफिल्ड हन्टर ३५० ले सम्मान गरको छ ।


संघको पूर्व घोषित कार्यक्रम अनुरुप प्रिन्सलाई उक्त बाईकले सम्मान गरको हो । संघले पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग प्रतियोगिताको लगातार तीन संस्करणमा बिजय हासिल गर्ने खेलाडीलाई मोटरसाईकल प्रदान गर्ने घोषणा गरेको थियो ।
यस सम्मानबाट हाल सम्म रत्नजित तामाङ्ग र नङ्गशल तामाङ्ग सम्मानित भईसकेका छन् ।

प्रिन्सलाई लगातार चौथो पटक उपाधि

सशस्त्र प्रहरीको एपिएफ क्लबका प्रिन्स दाहालले चौथो पटक पनि पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टनको उपाधी उचालेका छन् ।

 

१३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन २०८० को शनिबार भएको फाईनलमा शिर्ष ८ तर्फको पुरुष एकलमा ललितपुरका प्रफुल महर्जन माथि २१–१८, २२–२० को सघर्षपूर्ण जित निकाल्दै प्रिन्सले चौथो पटक उपाधी उचालेका हुन् । यस विधाको तेश्रो स्थानमा एपिएफका देवराज राना र नेपाल पुलिसका सुनिल जोशी रहे ।

 

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको शिर्ष ८ को महिला एकल तर्फ ललितपुरकी रसिला महर्जनले जित हात पारिन् ।

 

 

रशिलाले भोजपुरकी नङ्गशल तामाङ्गलाई १७–२१, २१–१५, २२–२० को सघर्षपूर्ण खेलमा पराजित गरेकी हुन् । तेश्रो स्थानमा आर्मीकी अनुमाया राई र नेपाल पुलिसकी निता लम्साल रहे ।
बिजेताले नगद ५० हजार, उपबिजेताले नगद ३० हजार र तृतीय स्थान प्राप्त गर्नेले नगद १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

 

पुरुष शिर्ष ८ बाहेकको उपाधी भने एपिएफका क्षितिज खनालले हात पारे । खनालले फाईनलमा नखिपोटका बिवेक चौधरीलाई २१–१६, १७–२१, २१–१५ ले पराजित गर्दै उपाधी उचालेका हुन् । तेश्रो स्थानमा आर्मीका पविन लिङ्गथेप र एपिएफका रोशन साउद रहे ।

 

यस्तै यसै विधाका महिला तर्फको खेलमा कास्कीकी दिलाशा रानाले जित हात पारिन् । उनले बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१–१४, २१–१३ ले पराजित गरेकी हुन् । तेश्रो स्थानमा नेपाल पुलिसकी सुष्मा श्रेष्ठ र पोखरा स्पोर्टस् ब्याडमिन्टन सेन्टरकी आयुष्मा नेपाल रहे ।

 

चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष युगल तर्फ एपिएफका प्रिन्स दाहाल र बिजित थापा मगर तथा ललितपुरका प्रफुल महर्जन र आर्मीका सुरोज महर्जनको जोडी बिच भएको प्रतिस्पर्धामा प्रिन्स र बिजितको जोडीले जित हात पारे । प्रिन्स र बिजितबो जोडीले २१–७, २२–२४ र २१–१२ को जित हात पारेका हुन् । तेश्रो स्थानमा पाँचथरका दिवस शंकर र भोजपुरका बिशाल तामाङ्ग तथा नेपाल पुलिस क्लबका जीवन आचार्य र बिष्णु कटुवालको जोडी रहे ।

 

महिला युगल तर्फ आर्मीकी अमिता गिरी र ललितपुरकी रसिला महर्जनले जित हात पार्दै उपाधी उचाले । गिरी र महर्जनको जोडीले आर्मीकी अनुमाया राई र मोरङ्गकी सिमा राजबंशीलाई २१–१९, २१–१२ ले पराजित गरेका हुन् । तेश्रो स्थानमा कास्कीका शितल के.सी. र अनु राना तथा एपिएफकी शोभा गौचन र नेपाल पुलिसकी निता लम्साल रहे ।

 

यु–१३ को ब्वाईज तर्फ महांकाल ब्याडमिन्टन क्लबका सफल भुजेलले जित हात पार्दै उपाधी कब्जा गरे । भुजेलले कैलालीका रियांस चौधरीलाई २१–१४, १८–२१, २१–१५ ले पराजित गरेका हुन् । तेश्रो स्थानमा धन्यन्तरीका सुहम कार्की र एपिएफका आरुष सिमखडा रहे ।

 

गल्र्स तर्फ दीपक ब्याडमिन्टन एकेडेमीका अश्मिता खत्रीले क्लब मध्यपुरकी स्वर्लिन श्रेष्ठलाई २१–१७, २१–१६ ले पराजित गर्दै उपाधीमा नाम लेखाईन् । दीपक ब्याडमिन्टन एकेडेमीकी उपासना बोहरा र बेलटार ब्याडमिन्टन एकेडेमीकी दिया राई संयुक्त तेश्रो भए ।

 

यु – १७ एकल तर्फ आर्मीका सुप्रिम पन्तले युनिग्लोबल कलेजका सक्षम ढकाललाई २१–१८, २१–१२ ले पराजित गर्दै उपाधी उचाले । एपिएफका अरुण अधिकारी र रिभाईभ लिजर पार्कका किरण न्यौपाने संयुक्त तेश्रो भए ।

 

गल्र्स तर्फ कास्कीकी दिलासा रानाले जित हात पार्दै उपाधी कब्जा गरिन् । महिला एकलमा पनि रोजीलाई पराजित गर्दै जित निकालेकी दिलासाले यस स्पर्धामा राईलाई १४–२१, २१–१६, २१–१५ ले पराजित गरेकी हुन् । दीपक ब्याडमिन्टन एकेडेमीका अश्मिता खत्री र उपासना बोहरा संयुक्त तेश्रो स्थानमा रहे ।

 

मास्टर्स युगल ४५ बर्ष माथिको खेलमा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थामसुहाङ्गको जोडीले रिभाईभ लिजर पार्कका सुक्र तामाङ्ग र भिम बहादुर थापाको जोडीलाई २१–१८, २१–१० ले पराजित गर्दै उपाधी उचाले । तेश्रो स्थानमा ललितपुरका मधु गुरुङ्ग र प्रकाश राईको जोडी र पाँचथरका दीपक आङ्गदम्बे र कुश्माका प्रेम गुरुङ्गको जोडी रहे ।
मास्टर्स युगल ५५ बर्ष माथिको प्रतिस्पर्धामा कास्कीका राम बहादुर गुरुङ्ग र गुल्मीका खगेन्द्र रेग्मीको जोडीले बाजी मारे ।

 

उक्त जोडीले पिस फिटनेश सेन्टरका गणेश राई र कर्ण बहादुर शाहीको जोडीलाई २१–१३, २१–१३ ले पराजित गरेका हुन् । फिटनेश पार्कका पुर्ण जोशी र उमेश के.सी., तथा ललितपुरका दिल कन्दङ्गवा र एपिएफका प्रेम श्रेष्ठको जोडी तेश्रो स्थानमा रहे ।
प्रतियोगितामा बिजयी खेलाडीहरुले मेडल, ट्रफी र प्रमाण पत्रका साथ शिर्ष ८ बरियता देखि बाहेकको पुरुष एकल र महिला एकलका शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गरे ।

 

यस्तै पुरुष युगल तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गरे । महिला युगल तर्फका शिर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार, यु–१७ र यु–१३ विधामा शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद १५ हजार, ८ हजार र ४ हजार तथा मास्टर्स ४५ बषै र ५५ बर्ष माथिका शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गरे ।

 

बिजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथी चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उपप्रमुख बशन्ती श्रेष्ठ, नेकपा एमोलकी केन्द्रिय सदस्य सर्मिला कार्की, नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष लव भक्त श्रेष्ठ, पुष्पधन शाक्य, महासचिव बिरेन्द्र श्रेष्ठ, उपमहासचिव नविन बिक्रम शाह लगायतले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...