आज पोखरा महानगरको स्थापना दिवस, रक्तदान र शिलान्यास गरेर मनाइदैँ

पोखरा, फागुन २७ गते । पोखरा महानगरपालिकाले आज आफनो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउदैँ छ । रक्तदान, भवन र पुल शिलान्यास लगायतका कार्यक्रम गरेर मनाउन लागेको छ भने अआज १ बजेपछि कार्यालयहरुमा विदा दिएको छ । महानगर घोषणा भएको दिनलाई भब्य महानगर स्थापनाको दिनका रुपमा मनाउन थालेको छ । महानगरले आज आधा दिन बिदा समेत घोषणा गरेको छ ।

आफ्नो सातौँ स्थापना दिवस मनाउनका लागि बिदा दिएको हो । दिवसको उपलक्ष्यमा आइतबार दिउँसो १ बजेपछि महानगरका सबै कार्यालयमा बिदा दिइएको छ ।महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले महानगर कार्यपालिकाको कार्यालय, महाशाखा, शाखा र वडा कार्यालयहरू आधा दिन बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । तत्कालीन पोखरा उपमहानगरमा लेखनाथ नगरपालिका र आसपासका अरू गाविसहरू गाभेर आजकै दिन पोखरा महानगर स्थापना भएको थियो ।

 

स्थापना दिवसको अवसरमा महानगरले आफ्नै कार्यालय परिसरमा बिहान रक्तदान आयोजना गरेको छ भने पोखरा–१९, खुइतेखोलामा पुल शिलान्यास गरेको हो । यता आजै पृथ्वीचोकमा महानगरले बनाउन लागेको ‘पोखरा भवन’ पनि शिलान्यास गरिएको छ । । १० करोड लागतमा पोखराको पहिचान दिने खालको पोखरा भवन बनाउने महानगरकाले जनाएको छ । महानगरको पहिचान दिने खालको पोखरा भवन बनाउने महानगरले बताएको छ । तीनतले भवनमा सार्वजनिक पुस्तकालय, आर्ट ग्यालरी, कोसेली घर निर्माण गर्ने गरी डिजाइन गरिएको छ । स्थापना दिवसको मूल समारोह कार्यक्रम दिउँसो २ बजेबाट पोखरा सभागृहमा हुने भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...