एमाले कास्कीको ११ औं जिल्ला अधिवेशन सुरु

पोखरा,  चैत १० गते  । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन शनिबारदेखि पोखरामा सुरु भएको छ । अधिवेशनकाे नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा एमाले म महासचिव शंकर पोखरेलले अधिवेशन उद्घाटन गरे । अधिवेशनकाे उद्घाटन अध्यक्ष केपी ओलिले गर्ने भनेपनि अन्तिममा उनी नआए पछि महासचिव पाेखरेलले गरेका हुन ।

उद्घाटन कार्यक्रममा बाेल्दै महासचिव पाेखरेलले नेताहरुले खेलाडीकाे रुपमा नभई रेफिरिकाे भुमिका खेल्न आग्रह गरे ।उनले नेतृत्व छान्ने काम तल बस्नेहरुकाे हाे , माथि बस्नेहरुले रेफिरीकाे भुमिकामा बस्ने हाे ।महासचिव पाेखरेलले पार्टीकाे मिसन २०८४ काे अभियान सफल बनाउन एकताबद्ध एमालेकाे आवश्यकता रहेकाे बताए ।

 

उद्घाटन कार्यक्रममा एमाले सचिव गाेकर्ण विष्ट, सचिव पद्मा अर्याल, स्थायी समिति सदस्य खगराज अधिकारी, एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा,  नेता साेमनाथ अधिकारी, एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैन बहादुर अधिकारी लगायतले बाेलेका थिए ।

 

२ दिनसम्म चल्ने अधिवेशनको दोस्रो दिन आइतबार बन्दसत्र पोखरा सभागृह हलमा सञ्चालन हुने सचिव बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । कमिटी १२२ सदस्यीय हुने छ । १२२ जना निर्वाचित हुने छन त्यसमा १२ जना पछि मनोनीत हुने छन् ।

 

अधिवेशनमा ९ सय ३५ जना प्रतिनिधि सहभागी हुने छन ।कास्कीका ७२ वटा वडा, जनसंगठन, सल्लाहकार परिषद्, इलाका कमिटी शाखा लगायतबाट प्रतिनिधि चयन भैसकेका छन । अधिवेशनमा जिल्ला अध्यक्ष मनबहादुर गुरुङले राजनीतिक, सचिव बैनबहादुर अधिकारीले संगठनात्मक र कोष तथा वित्त व्यवस्थापन विभाग प्रमुख चिरञ्जीवी पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

 

नेतृत्व चयनमा सर्वसम्मत् प्रयास गरिने र सफल नभए मतदान प्रक्रियाबाट चयन गर्ने याेजनामा एमाले रहेकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...