कोशीका उवा संघका सचिवालयको टोली पोउवा संघमा

पोखरा, १८ चैत । कोशी प्रदेशमा रहेका विभिन्न उद्योग वाणिज्य संघको सचिवालयमा कार्यरत प्रमुख÷ प्रतिनिधिहले पोखरा उद्योग वाणिज्य संघका गतिविधिबारे जानकारी लिएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका सदस्य वीरेन्द्रकुमार साहको नेतृत्वमा अध्ययन–अवलोकन भ्रमणमा आएका उनीहरुलाई संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्की, उपाध्यक्ष देवेन्द्र केसी, महासचिव बलराम आचार्य,उपमहासचिव शोभा गौतमलगायतले विभिन्न जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघले पोखराको जेठो सामाजिक संस्थाको हैसियतले गरेका विकास निर्माणका कामहरुबारे जानकारी गराए । सबल सचिवालय हुनु भनेको संस्था बलियो हुनु हो भन्दै उनले सचिवालयमा कार्यरत कर्मचारीहरुले उच्च मनोबलका साथ काम गर्नुपर्ने सुझाए ।

 

भ्रमण दलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रयास कार्कीले महासंघले व्यवसायीहरुको हितको लागि विभिन्न गतिविधि गरिरहेको बताउँदै आउँदा दिनमा पनि व्यवसायीहरुको हक–हितको लागि काम गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जीवनज्योति श्रेष्ठ,गोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइलीलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...