आयुष र स्वर्लिनलाई एकल उपाधी

काठमाडौ ।मध्यपुर नगरपालिका २ की स्वर्लिन श्रेष्ठ भक्तपुरमा जारी दोश्रो भक्तपुर जिल्ला अन्तरवडा ब्याडमिन्टन प्रतियोगितामा एकल तर्फको उपाधी जित्न सफल भएका छन् ।


अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्र, लोकन्थलीको आयोजनामा भएको प्रतियोगिताको फाईनलमा आयुषले मध्यपुर ९ का संयोग बस्नेतलाई २१–८, २५–२३ ले र स्वर्लिनले मध्यपुर ४ की कृषा श्रेष्ठलाई २१–९, २१–११ ले पराजित गर्दै उपाधी उचालेका हुन् ।
ब्वाईज यु –१५ तर्फ मध्यपुर ७ का सक्षम कार्कीले सूर्यविनायक ५ का अक्षत ढुङ्गेललाई २१–१५, २१–१२ ले पराजित गर्दै उपाधी उचाले ।

 

पुरुष युगल तर्फको प्रतिस्पर्धामा सूर्यविनायक ३ का रमेश बस्नेत र दीपक खत्रीले बाजी मारे । उक्त जोडीले मध्यपुर ७ का भिमराज कार्की र साजन न्यौपानेको जोडीलाई २१–१७, २१–११ ले पराजित गर्दै उपाधी उचालेका हुन् ।

 

मास्टर्स ४५ बर्ष माथिको जोडीमा मध्यपुर ८ का हरि धेके र पुर्णहरि होनाको जोडीले सूर्यविनायक ८ का डेन लामा र राकेश थापा मगरको जोडीलाई २१–१८, २१–१३ ले पन्छाउँदै उपाधीमा आफ्नो नाम लेखाए ।
बिजयी खेलाडीहरुले मेडल, ट्रफी र प्रमाण पत्रका साथ नगद २० हजार, १० हजार र ५÷५ हजार प्राप्त गरे । बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी माननिय सन्तोष परियार, भक्तपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्र प्रजापती लगायतले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...