डुङ्गा व्यवसायीकाे मापसे जाँच

पाेखरा, बैशाख ३ गते ।पोखराको फेवातालमा डुङ्गा व्यवसाय संचालन गर्ने ब्यसायीसंग प्रहरीले सुरक्षात्मक प्रशिक्षणसहितको अन्तरक्रियाको आयोजना गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा वडा प्रहरी कार्यालय बैदामको सहकार्यमा फेवा तालमा संचालनमा रहेका डुङ्गा व्यवसायी र चालकहरुसँग अन्तरक्रियाका साथै मादक पदार्थ चेकजाँच कार्यक्रमको आयोजना गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्मा र वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

 

स्थानिय, समाजसेवी, आन्तरिक पर्यटक, डुङ्गा व्यवसायमा आबद्ध ब्यवसायीको उपस्थितीमा भएको कार्यक्रममा हाल बिग्रदो मौसममा अपनाउनु पर्ने सावधानी, हावाहुरीको कारणबाट हुन सक्ने दुर्घटना, लाईफ ज्याकेटको सही प्रयोग, अकस्मात हुनसक्ने डुङ्गा दुर्घटनामा अपनाउनु पर्ने सावधानीका उपाय लगायका वारेमा अन्तरक्रिया गरिएको थियो ।

 

अन्तरक्रिया पछि २५ जना डुङ्गा चालकहरू मादक पदार्थ सेवन चेकजाँच गरिएकोमा १ जनाले मादक पदार्थ सेवन गरेको भेटिएपछि उनलाई आवश्यक कारवाहीको लागी डुङ्गा व्यवसायी संघमा पठाइएको प्रहरीले जनाएको छ ।

 

अन्तरिक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी नायब निरिक्षक होत बहादुर रोकाले सहजिकरण गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...