पर्यटकको आकर्षणकाे केन्द्र ड्रिम सिटी पाेखरा

पाेखरा, बैशाख ४ गते। पाेखरा आन्तरिक र बाह्य पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्य थपिएकाे छ । पाेखरा २२ पुम्दिकाेटमा यतिबेला आन्तरिक र बाह्य पर्यटककाे भिड लागेकाे छ ।५२ फिट आग्लाे शिवकाे मुर्तिले त्यहाँको विकासमा कायापलट भएकाे छ भने त्यसैकाे नजिकै नीजि लगानीमा बनेकाे नयाँ पर्यटकीय पुर्वाधारले पर्यटनकाे समय लम्ब्याउन भुमिका खेलेकाे छ ।

 

१२ रोपनी क्षेत्रफलमा फैलिएको सो पार्कमा ‘विसिङ ह्याण्ड’, अम्ब्रेला पार्क, हट एयर बलुनको फोटो बुथ, सिसाको स्काई वाक, पिङ र रेष्टुरेन्ट लगायत सञ्चालनमा रहेका छन । नेपालकै ठूलो एक्वीरियम समेत रहेकाे छ ।

 

पार्क भित्रै रहेको रेष्टुरेन्टमा ३ स्टार स्ट्याण्डर्डकै ४ सय फरक खानाका परिकारहरू सुपथ मूल्यमा उपलब्ध गराइने कम्पनीका सञ्चालक श्याम बजगाईंले जानकारी दिए । रेष्टुरेन्ट र बारमा एकैपटक २ सय जनाले सेवा लिन सक्नेछन् ।

 

परियोजनाभित्र होटलबाहेक अम्ब्रेला पार्क तथा सिसाको पुल तथा हट एयर बेलुन समेत रहेको छ । जसमा पर्यटकहरूले फोटो भिडियो बनाउने तथा आरामदायी समय बिताउन सक्नेछन् । पुम्दिकोटमा रहेको प्रसिद्ध महादेवको मूर्ति नजिकै पार्क रहेको छ । सो ठाउँमा जाँदा पार्क र पुम्दिकोट महादेवको एउटै समयमा अवलोकन गर्न सकिन्छ ।

 

सो पार्कबाट अन्नपूर्ण, माछापुच्छ्रे हिमाल, धौलागिरी, फेवाताल, स्तुपा लगायतको दृश्यावलोकन गर्न सकिने उनले जानकारी दिए ।
सो परियोजना एउटा क्रुज शीप आकारमा निर्माण गरिएको छ । रातको समयमा बलेका बत्तीका सुन्दर दृश्यले परियोजनालाई थप आकर्षक बनाएको छ । स्थानीयको जग्गा लिजमा लिएर परियोजना निर्माण गरिएको हो ।

 

कम्पनीले ‘ड्रिम सिटी’ परियोजना अन्तर्गत नेपालकै ठूलो एक्वारियम बनाएको छ ।१२ रोपनी क्षेत्रफलमा फैलिएको सो परियोजनामा ४८ फीट लामो एक्वारियम बनाइएको छ । जुन नेपालकै ठूलो भएको कम्पनीको दाबी छ । एक्वीरियमभित्रै टनेल छ जसमा हिँडेर एक्वीरियमको अवलोकन गर्न सकिन्छ ।

 

कम्पनीले परियोजनामा जाने पर्यटकहरूलाई निकै सहुलियत दरमा शुल्क राखिएको सञ्चालक बजगाईंले बताए । उनका अनुसार, पार्क भित्र प्रवेश गर्न १५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यसपछि भित्र रहेका अम्ब्रेला पार्क, विसिङ ह्याण्ड लगायतको अवलोकनमा एक सय ५० देखि २०० रुपैयाँसम्म शुल्क तिर्नुपर्नेछ ।

उनका अनुसार करिब ५ सय ५० रुपैयाँमा पार्कको पूरै अवलोकन हुनेछ । यद्यपी रेस्टुरेन्टमा खाना/खाजा खाएको भने निर्धारित शुल्क तिर्नुपर्नेछ । ‘थ्री स्टार’ लेवलको खाना थ्री स्टारमा पर्नेभन्दा कम मूल्यमा नै खान सकिने कम्पनीका सञ्चालक बजगाईंले जानकारी दिए ।फागुन २९ देखि परियोजना भ्रमणका लागि खुला भइसकेको छ ।

 

घुम्नका लागि पोखरा पुगेका पर्यटकहरूले सहजै सो परियोजनामा पुग्न सक्छन् । परियोजना पोखराको पुम्दीकोटमा रहेको छ । परियोजनामा जानका लागि सार्वजनिक यातायात, ट्याक्सी तथा निजी यातायात सहजै पुग्न सकिनेछ । सार्वजनिक यातायात जानका लागि पृथ्वीचोकमा रहेको बसपार्कबाट बस चढ्नुपर्नेछ । करिब एक घन्टाको अन्तरमा बस छुट्छ । पुम्दिकोट महादेव मन्दिरबाट २ सय मिटर पश्चिममा पार्क रहेको छ । याे पाेखराका लागि नयाँ गन्तव्यका रुपमा रहेकाले त्यहा पुग्नेहरुका लागि आकर्षणकाे केन्द्र बनेकाे छ ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...