सहकारी पीडितको प्रर्दशन,गृहमन्त्री लामिछानेको राजीनामा माग

पोखरा । पोखरामा सहकारी पीडितहरुले सडकमा प्रर्दशन गरेका छन् । बचतकर्ताले बचत फिर्ताको माग गर्दै सडक आन्दोलन सहित पद्र्रशन गरेका हुन् ।पोखराका ६ वटा सहकारीका बचतकर्ताले वचत फिर्ता र बचत अपचलन गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न माग गरे ।

पोखरामा रहेको सूर्यदर्शन, इमेज, शिवशिखर, बलिदानी, मित्रमिलन र विन्दवासिनी सहकारीका पीडित वचतकर्ताले संयुक्त संघर्ष समिति बनाएर सोमबार पोखरामा प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पोखरा महानगरपालिकामा ज्ञापन पत्र बुझाएका हुन । उनीहरुले आफना समस्याका बारेमा सरोकारवाला निकायले गम्भीरता नदेखाएको बताउदै सहकारी पीडितले एकीकृत आन्दोलन सुरु गरेको बताएका छन् ।

 

उनीहरुले गृहमन्त्री रवी छालमिछानेको राजीनामा समेत माग गरे ।उनीहरुले सहकारीको रकम अपचलन गरेको भन्दै राजीनामा दिन माग गरे । उनीहरुले एमाले अध्यक्ष ओलीका विरुद्ध समेत नारा लगाएका थिए ।इमेज सहकारीका देवकुुमार नेपालीलाई एमालेले संरक्षण गरेको भन्दै एमाले अध्यक्ष ओली विरुद्ध नारा लगाएका थिए ।

 

जीबी राई, देवकुमार नेपालीलाई पक्राउ गर, ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ,’ ‘देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छ’, जस्ता नारा लगाउँदै पीडित सडकमा निस्किएका हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...