लायन्स क्लब ग्रीन वेभको अध्यक्षमा सरस्वती पुरी निर्वाचित

पोखरा । लायन्स क्लब अफ पोखरा ग्रीन वेभको अध्यक्षमा सरस्वती पुरी निर्वाचित भएकी छिन् । शनिबार (आज) भएको क्लबको निर्वाचनबाट वर्ष २०२४÷२५ का लागि सतप्रतिशत एस भोटसहित सरस्वती पुरी अध्यक्षमा निर्वाचित भएकी हुन् ।

त्यसैगरि क्लबको प्रथम उपाध्यक्षमा सारा बोगटी, द्धितिय उपाध्यक्षमा रामचन्द्र सुनार, तृत्तीय उपाध्यक्षमा सिता तिवारी, सचिवमा कृति गिरी र कोषाध्यक्षमा मनिसा पहारी चयन भएका छन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पुरीले आफ्नो भावी योजना प्रस्तुत गर्दै समाजसेवाको क्षेत्रमा क्लबलाई अग्रणी स्थानमा राख्ने प्रतिवद्धता व्यक्त गरिन् । अग्रजसँग सल्लाह लिँदै निस्वार्थ समाजिक कार्यमा निरन्तर लाग्ने उनको भनाई थियो ।

अध्यक्ष पुरी पेशाले नर्स हुन् भने राजनीति क्षेत्रमा समेत परिचित छिन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...