वर्ल्ड लिङ्कद्वारा ट्राफिक प्रहरी कार्यालयलाई सहयोग, ६५ थान सामाग्री हस्तान्तरण

पोखरा । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क नेटवर्क प्रालिले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई सहयोग गरेको छ ।

कास्की ट्राफिकको अनुरोधका आधारमा ६५ थान ट्राफिक व्यवस्थापनका लागि सहयोगी सामाग्री वर्ल्ड लिङ्क, पोखराले प्रदान गरेको हो ।

कम्पनीका गण्डकीका पब्लिक रिलेशन म्यानेजर युसफ श्रेष्ठले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्मालाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

म्यानेजर श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ट्राफिकलाई सहयोग गरी सहज ट्राफिक व्यवस्थापनका लागि साथ दिएको बताए ।

प्रहरी निरीक्षक शर्माले पोखरा नगरभित्रको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाई दुर्घटना न्युनिकरण एवं सहज ट्राफिक व्यवस्थापन गर्नको लागि यो सहयोग प्रभावकारी हुने बताए ।

उनले ट्राफिक संकेत बोर्ड, चेकिङ बोर्ड, नो पार्किङ स्ट्याण्ड लगायतका सामाग्री आवश्यक परेकाले सहयोग लिएको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...