पोखराका नर्सहरुले फरक तरिकाले मनाए नर्सिङ दिवस

पोखरा । अन्तर्रास्ट्रिय नर्सिङ दिवसको अवसरमा पोखराका नर्सहरुले फरक तरिकाले दिवस मनाएका छन् । लामो समयदेखि नर्सिङ पेसाको हक अधिकारको लागि नेतृत्वदायी भुमिकामा रहेकी नर्स सरस्वती पुरीको अगुवाइमा कोपिला नेपालमा रहेका महिलाहरुलाई सेनिटरी प्याड वितरण गरी स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरेका छन् ।

कार्यक्रममा नर्स बिबेक रानाभाटले हात धुने तरिकाको बारेमा जानकारी दिए । त्यसैगरी नर्स अस्मिता अधिकारीले महिनावारीको बेलामा गर्नुपर्ने सरसफाइको बारेमा बताइन् ।

कार्यक्रममा संस्थाको तर्फबाट तिर्थ थापाले नर्सहरुले अब अस्पतालमा मात्र हैन समाजमा पनि काम गरेर समाज रुपान्तरण गर्नुपर्ने आवस्यकता रहेको बताए ।

त्यस्तै नर्स बिनिता अधिकारीले शारिरीक स्वास्थ साथै मानसिक स्वास्थ पनि मानव जिवनमा महत्वपुर्ण रहेको बताइन् ।

कार्यक्रममा नर्स निसा ढकाल, सरस्वती श्रेष्ठ, सपना वस्याल वस्याललगाएतको उपस्थिति रहेको थियो ।

नर्स सरस्वती पुरीले अब केक काटेर नर्सिङ दिवस मनाउनुभन्दा आफुहरुमा भएको ज्ञानहरु अरुलाई बाढेर शिक्षा दिँदा आफ्नो पेसाप्रती सम्मान गरेको महसुस हुने बताइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...