वी.पी.स्मृति भवनको निर्माण कार्य सुरु

पोखरा ।वीपी स्मृति भवन गण्डकी प्रदेश निर्माण समितिद्वारा वी पी स्मृति भवन गण्डकी प्रदेशको निर्माण कार्य सुरु भएको छ ।पोखरा १९ लामाचौरमा रहेको आफ्नै जमिनमा अक्षय तृतीयाको पावन अवसरमा संकल्पित भवन आज एक कार्यक्रम गरि निर्माण कार्य सुरु गरिएको समितिका अध्यक्ष माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराए ।

अध्यक्ष बास्तोलाका अनुसार नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति एवम् संरक्षण शुक्रराज शर्माले इट्टामा बालुवा र सिमेन्टको मसला राखी निर्माण कार्यको शुभारम्भ गरिएको बताए ।

 

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले उक्त शुभारम्भ कार्यक्रममा बोल्दै “एतिहासिक काम नेपाली कांग्रेस गण्डकी प्रदेशले आजबाट सुरु भएको छ । नेपाली कांग्रेसलाई माया गर्ने सम्पूर्ण व्यक्तिहरु एकवद्दता भई इमान्दारितापूर्वक हातेमालो गरौं, हनुमानजीको आशिर्वादले समयमा नै भवनले पूर्ण सार्थकता पाउछ” भने ।

 

भवन निर्माणको पहिलो चरणमा करिब १ करोड लागत लाग्न सक्ने प्राविधिक अनुमान गरिएको र बाँकी कामको लागि थप ४ करोडको आवश्यक पर्ने निर्माण समितिले जानकारी गराएको छ । यही असोज मसान्त अगाडि नै कार्यालयबाट प्रवाह हुने सेवा कार्य सुरु हुनेगरी निर्माण कार्य सक्ने समेत निर्माण समितिको उद्घोष रहेको छ ।

 

स्थानीय वासिन्दा, नेपाली कांग्रेस गण्डकी प्रदेश पदाधिकारी, सदस्य, भवन निर्माण समितिका पदाधिकारी, सदस्य, सल्लाहकार र प्राविधिकहरुको उपस्थिति रहेको कार्यक्रममा पुजा सकिए लगतै स्थानीयहरुले भजन किर्तन गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...