एमाले कास्कीले जवजका विशेषता पढेर सम्झियो मदन आश्रितलाई

पोखरा, जेठ २ गते ।नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदनकुुमार भण्डारी र कुुशल संगठक जिवराज आश्रितलाई स्मरण गरिएको छ ।

नेकपा एमाले कास्कीले भण्डारी र आश्रितको ३१ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाउदैँ छ । दिवसकै अवसरमा बुुधबार मदन आश्रित पार्क सरसफाई, तजा जवजका विशेषताहरुको वाचन गरेर मदन र आश्रितलाई स्मरण गरिएको छ ।

 

पोखरा महानगरपालिका १६मा रहेको भण्डारी र आश्रितको शालिकमा गण्डकी प्रदेशका मुुख्यमन्त्री खगराज अधिकारी,एमाले केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकका उपप्रमुख मञ्जुुदेवी गुुरुङ, एमाले कास्कीका अध्यक्ष बैनबहादुुर क्षेत्री अधिकार लगायत एमाले नेता तथा कार्यकताले जवजको विशेषताहरुको वाचन गरेका थिए ।

 

स्मृति दिवसकै अवसरमा एमाले कास्कीले बिहिबार नेपालको कम्यूनिष्ट आन्दोलनमा मदन आश्रितको योगदान विषयक प्रवचन कार्यक्रम गर्ने भएको छ । जिल्ला पार्टी कार्यालय कास्कीको सभाहलमा कार्यक्रम आयोजना गर्ने एमाले कास्कीका अध्यक्ष बैनबहादुुर क्षेत्री अधिकारीले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...