दशौं खेलकुुदका लागि गण्डकीबाट नेटिस खेलका १६ खेलाडी छनौंट

पोखरा । नेपालका शीर्ष वरियता प्राप्त प्रदीप खड्का र नेहाल जङ्गबहादुर थापा पोखरामा सम्पन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश स्तरीय प्रारम्भिक चरणको टेनिस छनोट प्रतियोगितामा उपविजेता हुँदै छनौंट चरणका लागि छानिएका छन् । खराब मौसमका कारण फाइनल खेल सम्भव नभएपछि आइटीएफ नियम अनुसार दुवैलाई विजेता घोषणा गरिएको हो । उनीहरुलाई नगद २२ हजार ५ सय सहित मेडलले पुरस्कृत गरियो । तेश्रो स्थान हाँसिल गरेका शास्वत बज्रचार्य र अनिल साइले जनही नगद रु ३ हजार ७ सय ५० का साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

सेमिफाइनल खेलमा नेहालले अनिल शाहीलाई ६–३,६–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । यसअघि प्रदिपले शाश्वत बज्राचार्यलाई ६–१, ६–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।यता महिला सिंगल्सतर्फ प्रिती बराल पहिलो भइन् । उनले नगद रु १५ हजार प्राप्त गरिन् । त्यस्तै आरुषी शेरचन दोस्रो भई नगद ७ हजार ५ सय तथा आहना शेरचन र ग्रिष्मा गुरुङ तेस्रो स्थान प्राप्त गर्दै जनही नगद रु ३ हजार ७ सय ५० का साथमा मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।

 

यता पुरुष डबल्सतर्फ प्रदिप खडका र अनिल साईको जोडी पहिलो भएको छ । उनीहरुले निहाल जङ्ग बहादुर थापा र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गरेका थिए । प्रदिपले र अनिलको जोडीले नगद रु २० हजार तथा उपविजेता बनेको निहाल र दर्शिलले नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

 

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना, गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापन तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताबाट पुरुषतर्फ प्रदिप, नेहाल, अनिल, शाश्वत, दर्शिल, विवेक गर्बुजा, निर्मल मगर र श्रृजन भट्टराई दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौंट खेल्न गण्डकीबाट छानिएका छन् । महिलातर्फ प्रिति बराल, आरुषी तुलाचन, गृष्मा गुरुङ, आहना शेरचन, सरिसा शेरचन, जोया गुरुङ, एन्जिला गुरुङ, सुप्रिया गुरुङ उक्त प्रतियोगिताका लागि छनौंट भए ।

 

बिजेता खेलाडीहरुलाई प्रदेश खेलकुदका सदस्य केशव पाठक, गण्डकी प्रदेश टेनिस संघका उपाध्यक्ष द्वय लोक बहादुर गुरुङ र विष्णु बहादुर थापा, महासचिब नविन चालिसे, कास्की टेनिसका सचिब एवं टुर्नामेन्ट डाइरेक्टर नविन श्रेष्ठलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम गण्डकी टेनिसका अध्यक्ष बिनोद कायस्थको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १६ गरी २४ खेलाडीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...