जबर्जस्ती करणी गरेको आरोपमा २ जना पक्राउ

पोखरा, असार २३ गते । जबरजस्ती करणी गरेको आरोपमा दुुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले जिल्ला धनुषा क्षिरेश्वरनाथ गापा वडा नं।१० गोपालपुर स्थायी घर भइ हाल पोखरा मनपा वडा नं ११ रानी पौवा बस्ने वर्ष २१ को अरुण कुमार दास र भारतको बिहार प्रदेश सितामणी जिल्ला डुमरा थाना सुरसड पक्ष्मी वार्ड नं १ का वर्ष १९ को सुनिल दास भन्ने सुनिल कुमारलाई पक्राउ गरेको जनाएको छ ।

असार १७ गते जिल्ला तनहुँ म्याग्दे गापा वडा नं ४ थर्पुबाट नाबालिकालाई ललाई फकाई छलकपट गरी झुक्यानमा पारी, डरत्रास देखाई ग ८ प ४२८० नम्बरको मोटरसाईकलको बिचमा राखी भाग्न उमक्न नदिई जिल्ला कास्की पोखरा वडा नं ११ रानीपौवा स्थित डेराकोठामा ल्याई बन्धक बनाई बनाई भोलि पल्ट १८ गते बिहान पालै पालो सामुहिक रुपमा जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

 

असार १८ गते तीन तिस बजे पोखराबाट तनहुँ फर्किने क्रममा पोखरा वडा नं ३० पावरहाउस स्थित पृथ्वीराजमार्ग सडकखण्डमा प्रहरीद्धारा चेकीङ गर्ने क्रममा आरोपीतहरु प्रहरीलाई देखेपछी भग्न खोज्दा उनीहरूलाई प्रहरीले पक्रउ गरीएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुबै जनालाई कास्की जिल्ला अदालतबाट अपहरण वा शरिर बन्धक तथा जबर्जस्ती करणी सम्बन्धी मुद्दामा असार १८ गतेबाट लागू हुने गरी पहिलो
पटक आठ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...