बाढिले बगाउँदा तीन बालिकाको मृत्यु

साउन १ गते । रुकुम पश्चिममा गए राती आएको बाढीले घर बगाउँदा मृत्यु भएका तीन बालिकाको शव निकालिएको छ ।आठविसकोट नगरपालिका वडा नम्बर १२ को झिन्चौर बगरमा तातोपानी र झिन्चौर खोलाको बाढीले घर बगाउँदा घरमै पुरिएर मृत्यु भएका तिन बालिकाको शव निकालिएको हो ।

बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनीषा सार्कीको शव निकालिएको हो । अविरल वर्षाले देशभर बाढि र पहिरो गएका कारण सडकहरु अवरुद्ध भएका छन भने धनजनको क्षती भएको छ । अझै पानी पर्ने सम्भावना भएकाले सर्तक रहन समेत आग्रह गरिएको ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...