पोखरा बहुमुखी क्याम्पसमा बिदाई तथा जिल्ला उत्कृष्ट विद्यार्थी सम्मान 

पोखरा । पोखरा बहुमुखी क्याम्पसका विद्यार्थी हरुले यस क्याम्पसबाट स्नातक चौथो बर्ष पुरा गरेका विद्यार्थीहरुलाइ शनिबार एक समारोहका बिच बिदाइ गरेका छन । सोही कार्यक्रमका बिच क्याम्पसले त्रिबिको परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई सम्मान पनि गरेको छ।

क्याम्पस बिद्यार्थी कल्याणकारी समितिको आयोजना तथा क्याम्पस प्रशासनको सहयोगमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रमकै बीच सामाजिक कार्यको उच्च सर्हाना गर्दै हालै जर्मनीको हेसेल अन्तर्राष्ट्रिय बिश्वविद्यालयबाट मानार्थ विद्यावारिधी प्राप्त गर्नु भएका पोखरा बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनलाई सम्मान बधाई ज्ञापन गरिएको थियो ।

त्यस्तै उक्त कार्यक्रममा त्रिभुवन बिश्वविद्यालयको हालै प्रकाशित नतिजा अनुरुप बिबिएस र बिए तर्फ कास्की जिल्लामै उत्कृष्ट यस क्याम्पसका विद्यार्थीहरु क्रमशः कृष्ण भुजेल र सनिता गुरुङ , विवेक गौतमलाई पनि बधाई ज्ञापन गरिएको थियोे ।

कार्यक्रममा , क्याम्पसबाट बिदाइ भै जान लागेका अन्तिम बर्ष का विद्यार्थी हरुलाई शुभकामना दिदै क्याम्पस संचालक समिती, प्रशासन , क्याम्पस सम्बन्धि विभिन्न सस्थागत समिति तथा प्राध्यापक हरुले विद्यार्थी को उज्ज्वल भबिस्यको कामना र सदमार्ग मा लागिरहन आग्रह गरेका थिए । उनिहरुले विद्यार्थीलाई बिदाइ गर्न लागेको नभै हरुसग आगामी दिन मा अझ परिस्कृत र जिम्मेवार बनाइ प्रत्यक्ष अप्रत्यक्ष रुपमा क्याम्पससग जोडिइरहने उर्जा मिल्ने आशा व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न सकाय तथा तहमा अध्यनरत बिद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 

पोखरा बहुमुखी क्याम्पस बिद्यार्थी कल्याणकारी समितिकि अध्यक्ष सलिना थापाको अध्यक्षतामा कार्यक्रम भएको थियोे । कार्यक्रममा पोखरा बहुमुखी क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष नरेन्द्रमान लालचन,उपाध्यक्ष बद्री श्रेष्ठ , सल्लाहकार शंकर देवकोटा क्याम्पस प्रमुख शिशुकला पराजुली, क्याम्पस आन्तरिक गुणस्तर ब्यबस्थापन समिति प्रमुख महेन्द्र रिमाल, क्याम्पस प्राध्यापक संघ का अध्यक्ष भिम प्रसाद न्यौपाने , क्याम्पस पुर्ब विद्यार्थी मंच का अध्यक्ष सुर्य बहादुर थापा, नेचर क्लबका अध्यक्ष गणेश रामदाम, विद्यार्थी हरु अस्मिता श्रेष्ठ , सरोज खनाल लगायतले बोलेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...