लायन्स क्लब ग्रीन वेभद्वारा विद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगिता

पोखरा । लायन्स क्लब अफ पोखरा ग्रीन वेभले विद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । अन्नपूर्ण गाउँपालिका स्थित माछापुच्छ्रे माविको प्राङ्गणमा मावि स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा माछापुच्छ्रे मावि प्रथम, मर्निङ स्टार दोस्रो हुन सफल भए । त्यस्तै तेस्रो स्थानमा अभियान मेमोरियल मावि र मेश्रम बराह मावि भए । प्रतियोगितामा प्रथम हुनेले ५ हजार, दोस्रो हुनेले ४ हजार र तेस्रो हुनेलाई ३, ३ हजार प्राप्त गरेका ग्रीन वेभकी अध्यक्ष सरस्वती पुरीले जानकारी दिइन् । प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको थियो ।

कार्यक्रम अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको समन्वय अन्नपूर्ण गाउँपालिकाका शिक्षा शाखा प्रमुख बलराम भुगाईले गरेका थिए । कार्यक्रममा क्लस्टर २ को चिफ लायन कृष्ण प्रसाद कोइराला, जोन चियर पर्सन लायन दुर्गा प्रसाद पनेरु र माछापुच्छ्रे माविका प्रधानाध्यापक घनस्याम पौडेललगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष सरस्वती पुरीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन क्लबकी पूर्व अध्यक्ष लक्ष्मी लामाले गरेकी थिइन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...