कास्कीको पर्यटकीय ठाँउ हर्पनमा तीज विशेष कार्यक्रम हुने

पोखरा । कास्कीको पर्यटकीय ठाँउ हर्पनमा तीज विशेष कार्यक्रम हुने भएको छ । पोखरा महानगरपालिका वडा नं. २३ हर्पनमा रहेको निलगगन विकास समाजको आयोजनामा तीज गीत प्रतियोगिता र विभिन्न खेलकुद कार्यक्रमहरु गर्ने भएका छन् ।

कार्यक्रममा सरसफाई सम्वन्धि तीज गीत प्रतियोगिता, भलिवल प्रतियोगिता, छेलो, रस्साकस्सी, एकल नाँच प्रतियोगितालगाएत विभिन्न साँस्कृति कार्यक्रम हुने निलगगन विकास समाजका अध्यक्ष वैकुण्ठ पौडेलले जानकारी दिए ।

भदौ २१ गते शुक्रबार पर्यटकीय ठाँउ हर्पन स्थित जनशिद्ध आधारभुत विद्यालयमा हुने तीज विशेष कार्यक्रमलाई नमूना आमा समूह र जनसिद्ध आधारभूत विद्यालयले सहकार्य रहने र पोखरा वडा नं. २३ को सहयोग रहने कार्यक्रमका संयोजक नारायण पौडेलले बताए ।

उक्त तीज विशेष प्रतियोगितामा प्रमुख अतिथिको रुपमा सशस्त्र प्रहरी बल कालिका गणका गणपति अरुणकुमार शर्मा रहने आयोजकले जनाएको छ ।

निरन्तर सामाजिक कार्यमा अग्रसर निलगगन विकास समाजले प्रत्येक वर्ष तीज विशेष कार्यक्रम गर्दै आएको समाजका सचिव शिव परियालले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...