बाल गृहमा फलफुल वितरण

पोखरा महानगरपालिका वडा नम्वर १८ मा रहेको बाल सुधार गृहमा रहेका बालकहरुलाई फलफुलट वितरण गरिएको छ ।

६० औँ  राष्ट्रिय बाल दिवसको अवसरमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले सुुधार गृहमा रहेका बालकहरुलाई फुलफुल वितरण गरेको हो । आइतबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुुरुङले बालगृहका वाडेन अजय क्षेत्रीलाई फलफुुल हस्तान्तरण गरिन् ।

उनले दिवसको अवसरमा बाल सुुधार गृह अनुुगमन गर्दै त्यहाँको आवश्यकताका बारेमा छलफल गरिएको बताइन् । उनले सुधार गृहलाई आवश्यक सामग्री केही समयपछि हस्तान्तरण गरीने बताउदै अहिले आवश्यकता बारे वाडेनसंग छलफल र अनुुगमन गरिएको बताइन् । बाल सुधार गृहका वाडेन अजय केसीले बाल सुुधार गृहमा क्षमताभन्दा बढि बालकहरु राख्दा केही समस्या रहेको बताउदै महानगरसंग खाना खानका लागि टेबल कुर्चीको अभाव रहेको बताउदै त्यसका लागि सहयोग गर्न आग्रह गरे । हाल सुुधार गृहमा ११० जना बालकहरु रहेका छन् । सुुधार गृहको क्षमता ६० जनाको रहेको वाडेन केसीले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...