रास्वपा सभापति लामिछाने पक्राउ, पोखरा ल्याइदै

पोखरा, कार्तिक २ गते ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन । प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई पक्राउ गरेको हाे ।

काठमाडौंमा पक्राउ परेका उनलाई आजै गाडीमार्फत् पोखरा ल्याइने भएको प्रहरीले बताएको छ । कास्की प्रहरीमा उनी विरुद्ध उजुरी परेको छ । लामिछानेको आग्रहमा उनलाई गाडीबाट पोखरा ल्याउन लागिएको स्रोतको दाबी छ । उनलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटी नेतृत्वमा प्रहरी टोली रास्वपा मुख्यालय रहेको वनस्थली पुगेको थियो ।

 

पार्टी मुख्यालयमा ठूलो संख्यामा रास्वपाका नेता तथा कार्यकर्ता, पत्रकार र सुरक्षाकर्मी जम्मा भएका छन् । लामिछानेले आफै गिरफ्तारी दिएका छन् । यसअघि कास्की प्रहरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई रविलाई पक्राउ गरी कास्की पठाइदिन पत्राचार गरेको थियो।

 

 

कास्की अदालतबाट रविलाई पक्रने अनुमति प्राप्त भएको उल्लेख गर्दै कास्की प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी वसन्तकुमार शर्माले सिआइबीलाई पत्राचार गरेका हुन् । रविलाई सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय कास्कीको पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...