पाेखरा, कार्तिक ३ गते ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पाेखरामा प्रदर्शन गरिएकाे छ । पोखराको मानव अधिकार चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता, कार्यकर्ता र समर्थकले प्रदर्शन गरेका हुन ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि नेता कार्यकर्ताले सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन् । विहान ११ बजेदेखि उनिहरु नाराबाजी सहित प्रदर्शन गरेका हुन ।
सहकारी घोटलामा आफ्ना नेता कार्यकर्ता जोगाउन सरकारले रविलाई पक्राउ गरेको उनीहरूको आराेप छ ।उनीहरूले धनराज गुरुङ, ऋषिकेश पोखरेललगायतलाई सरकारले जोगाउन रविलाई फसाउन खाेजेकाे आरोप लगाए । गुरुङ र पोखरेलको फोटोसहित प्रदर्शनमा उत्रिएका छन ।
प्रदर्शनमा रास्वपा नेताहरुले सम्वाेधन समेत गरेका छन । रास्वपा प्र वक्ता मनिष झाले सरकारले प्रतिसाेध साधेर आफनाे सभापति लामिछानेलाई पक्राउ गरेकाे दावी गरे ।उनले सहकारी ठगी गर्ने धनराज गुरुङलाई पक्राउ नगर्ने र सहकारी छानबिन समितिले निर्दाेष सावित गरेका ब्यक्तिलाई पक्राउ गरेर राजनीतिक प्रतिसाेध साधेकाे बताए ।
लामिछानेलाई काठमाडौमा पक्राउ गरि शुक्रबार राति पाेखरा ल्याइएको थियाे । उनलाई विहान ३ बजे पाेखरा ल्याएपछि स्वास्थ्य जाँच गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । आज शनिबार सार्वजनिक बिदा भएकोले आइतबार अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।