पोखरा, कार्तिक ५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन गरे । लामिछानेलाई पक्राउ गरेर पाेखरा ल्याएसंगै रास्वपाले प्रदर्शन गर्दै आएकाे छ । आज पनि पाेखराकाे पृथ्वीचाेक र चिप्लेढुंगामा प्रदर्शन गर्दै सभापति लामिछाने निर्दाेष रहेकाे दावी गरे । देशका विभिन्न भागबाट रास्वपा कार्यकर्ता पोखरा आएका छन ।
काेणसभामा बाेल्दै रास्वपा नेतृ तथा सांसद सुमना श्रेष्ठले याे आन्दोलनमा साथर समर्थन गर्न पाेखरेली नागरिकलाई आह्वान गरिन ।उनले देश बनाउन र बदल्न आएकाे बताउदै अहिलेकाे आन्दोलन सफल बनाउने जिम्मेवारी पाेखराबासी आमाबुबा सबैकाे हाे ।तपाईंहरुले साथ दिनुस उनले भनिन् ।
हिजाे सहिदचाेकमा प्रहरीसंग झडप भएकाे थियाे भने आजको प्रदर्शन शान्तिपूर्ण रहयाे । रास्वपाकाे प्रदर्शनका कारण पोखराको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेकाे थियाे ।
प्रदर्शनमा सहभागीले ‘सहकारीपीडितलाई न्याय दे’, ‘माफियाहरूलाई कारबाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’लगायत नारा लगाएका थिए ।