पाेखरा, कार्तिक ७ गते । मिस पाेखराकाे तयारी पूरा भएकाे छ ।पोखरा जेसीसको आयोजनामा हुने एघारौं संस्करणको सौन्दर्य प्रतियोगिता मिस पोखरा २०२४’को शनिबार हुने फाइनलकाे तयारी पूरा भएकाे छ ।
प्रतियोगिताको बिजेताले ताज, स्कुटर, ५० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने पोखरा जेसिसका अध्यक्ष देवराज शर्माले बताए । उनका अनुसार फस्ट रनरअफले ताज, ३० हजार रुपैयाँ र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन । त्यस्तै सेकेन्ड रनर अपले ताज, २० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर हात पार्नेछन ।
यस्तै वेष्ट पर्शनालिटी, ट्यालेण्ट, स्माइल, हेयर, क्याटवाल्क, ड्रेस, फोटोजेनिक, भ्यूअर च्वाईस, पपुलारिटी र ईन्टेक्ट बिद्यागत रुपमा टाईटल अवार्डसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने शर्माले बताए ।