समितिको निवर्तमान अध्यक्षमा विकल तुलाचन रहेका छन् । प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल र सचिवमा पार्वता पाण्डे चयन भए । कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल र सहकोषाध्यक्षमा वैभव पौडेल निर्वाचित भए ।
पोखरा आउने पर्यटकको तथ्यांक राखिने घोषणा गर्दै उनले पोखरालाई सफा राख्न सरसफाई कर्मचारीहरुको संख्या वृद्धि गरिएको जानकारी गराए ।
होटल संघ नेपाल गण्डकीका अध्यक्ष एवं होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार हरिप्रसाद शर्मा गैह्रेले विविध समस्याका कारण अहिले होटल व्यवसाय अगाडि बढाउने कार्य चुनौतिपूर्ण भएको बताए । पर्यटक आगमन उत्साहप्रद नभएको र उनीहरुको बसाई अबधि समेत घट्न पुगेको गैह्रेले सुनाए । पोखरा पर्यटकको बाइपासमा पर्न थालेको भन्दै उनले पोखरामा अन्तर्राष्ट्रिय उडान अब अनिवार्य भएको भनाई राखे ।
होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल निर्वाचन समितिका संयोजक भरतराज पराजुलीले संघको नयाँ कार्यसमिति घोषणा गर्दै निर्वाचित सबैलाई बधाई दिए । होटल क्षेत्र सबैभन्दा ठूलो लगानी भएको क्षेत्र भन्दै उनले संघ पुरानो संस्था भएको समेत स्मरण गराए ।