एमालेका जनप्रतिनिधिले बुझाए पोखराका मेयर आचार्यलाई १० बुँदे ध्यानाकर्षण पत्र

पोखरा । पाेखरा नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिले मेयर धनराज आचार्यलाई १० बुँदे ज्ञापनपत्र बुझाए का छन् । कार्तिक २० गतेबाट बिराेधमा उत्रिएका जनप्रतिनिधिले महानगरमा रहेकाे ब्यथिति अन्त्य गर्दै सुशासन कायमका लागि आन्दोलन गरेकाे बताउदै आचार्यलाई १० बुँदे ज्ञापनपत्र बुझाएका हुन ।

उनीहरूले महानगरको ३७औं कार्यपालिका बैठकले गरेका निर्णय खारेज हुनुपर्ने देखि मेयर आर्थिक सहयाेगका नाममा बाडेकाे सहयाेग नियन्त्रण गर्नुपर्ने सम्मका माग गरेका छन । एमालेले ३७औं कार्यपालिकाको निर्णय खारेजसहित २५औं कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्न र मणिपालको राजस्व छुट सम्बन्धमा गठित समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग समेत गरेको छ ।

 

राजस्वको दर रेट निर्धारण, अनावश्यक राजनीतिक चलखेल, आर्थिक सहायता वितरण र फजुल खर्च नियन्त्रण र दिर्घकालिन योजना, बसपार्क, सभागृह हल, फेवाताल र फिर्के खोलाको मापदण्ड लगायतका योजना तत्काल कार्यान्वयन गर्न एमालेले माग गरेको छ ।

 

यस्तै दरबन्दीभन्दा बाहिरका कर्मचारी तुरुन्त फिर्ता गर्न, महानगरको संगठन तथा व्यवस्थापन सर्वेक्षण तर्जुमा गरी लागु गर्न र फोहोरमैला प्रशोधन केन्द्रको प्रगति प्रतिवेदन सार्वजनिक गर्न ध्यानाकर्षण पत्रका उल्लेख छ ।

एमालेले ध्यानाकर्षणपत्र बुझाएपछि भएकाे छलफलमा मेयर आचार्यले भाेलि साेमबार साँझ ५ बजेसम्मकाे समय माग गरेकाे एमालेबाट निर्वाचित वडा अध्यक्ष राधिका शाही याेगीले जानकारी दिनुभयाे ।


उक्त माग सोमबार साँझसम्म आफना माग पूरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएकाे छ । एमालेले मेयरकाे कार्यकक्षमा तालाबन्दी सहित कडा कदम चाल्ने जनाएकाे छ ।मेयर आचार्यले नेकपा एमाले सहभागी नभएकाे ३७ आै कार्यपालिका बैठकबाट कर्मचारी हटाउने लगायतका निर्णय गरेर विदेश भ्रमणमा गएका थिए ।कार्तिक १५ गते तिहारकाे बिदामा कार्यपालिका बैठक गरेर उनी १९ गते विदेश उडेका थिए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...