आर्थिक सहयाेग जुटाउन राउटे समुदाय पाेखरामा

पाेखरा, कार्तिक ६ गते । नेपालको लोपउन्मुख  राउटे समुदाय पाेखरा आएका छन । उनीहरुको ठुलाे पर्व वडा तिहार आउन लागेकाे भन्दै आर्थिक सहयाेग माग्न पाेखरा आएकाे उनीहरुले बताए ।

जंगलमा बस्ने राउटेहरु  सुर्खेतबाट पोखरामा आर्थिक संकलन गर्ने उद्धेश्यले आएका हुन् । शेयर बहादुर शाहीको नेतृत्वमा ७ सदस्य टोली बुधबार पोखरा आएका हुन् ।आर्थिक सहयाेगका लागि उनीहरु पाेखरा महानगरपालिका आएका पुगेका थिए । उनीहरुलाई  पाेखरा महानगरपालिकाकाे तर्फबाट उपप्रमुख मञ्जुदेवी गुरुङले २१ हजार रुपैयाँ सहयाेग प्रदान गरिन् ।

 

उनीहरुले बिहिबार पाेखराका सरकारी कार्यालय, ब्यक्ति र संघसंस्थाबाट  ५० हजार रुपैया संकलन गरेका छन । यसै सम्बन्धि भिडियो सामाग्रि ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...