पोखरा, पुस ७ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडियाहरु अराजक र अनुुशासनहिन बनेको बताउनुुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ तथा पदभार ग्रहण समारोहमा बोल्दै उहाँले प्रिन्ट मिडियाले आफनो मुलधार नछाडेको देखिएको बताउदै अनलाइन मिडिया अराजक र अनुुशासहीन देखिएको बताए ।
संस्कार र संस्कृति संस्कारमाथि हमला गर्ने, समाजलाई अनुुशासनहीन तथा अराजक बनाउने काम अनलाइनहरुले गरेको उहाँको दावी थियो ।अरु सञ्चार मध्यमले ऐन, कानुन पालना र पत्रकार आचारसंहिता पालना गरेको भएपनि अनलाइनहरु अराजक बनेका छन् । ऐन, कानुन नमान्ने र पत्रकारिताका मान्यताहरुको खिल्ली उडाउने त्यस्ता अनलाइनहरुलाई नियमनभन्दा नियन्त्रण जरुरी भएको उहाँको भनाई थियो ।
उहाँले अनलाइन मिडियालाई नियन्त्रणका लागि ऐन निर्माणको काम भैरहेको बताउदै “अनलाइन मिडियाहरुको प्रभावकारी नियमनका लागि विधेयक बनेको छ,” उहाँले भन्नुभयो, “यही हिउँदे अधिवेशनबाट त्यसलाई पारित गर्ने तयारी छ । संसद तत्काल बोलाउने अवस्था नभएमा अध्यादेशबाट समेत यो विधेयक ल्याउनुपर्ने देखिएको छ ।”उहाँले अध्यादेश असंवैधानिक कदम नभएको समेत बताउदै भन्नुुभयो, अध्यादेश ल्याउन पाउने कानुुनी ब्यवस्था हो । त्यसैले तत्काल आवश्यक भएको विषयमा र संसद नचलेको अवस्थामा अध्यादेश मार्फत विधेक ल्याउन सकिन्छ ।उहाँले आमसञ्चार विधेयकको डाफ्ट बन्दै गरेकाले देशैभरका पत्रकार र सरोकारवालाबाट त्यसमा राख्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको गत मंसिर २८ गते भएको निर्वाचनबाट आएको नयाँ कार्यसमितिलाई सपथ तथा पदभार ग्रहण गराइएको हो । निर्वाचनबाट महासंघ कास्कीको अध्यक्षमा माधव बराल सहितको नयाँ समिति निर्वाचित भएको थियो ।कार्यक्रम नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, माओबादी केन्द्र कास्कीका जिल्ला समन्वय समिति संयोजक विश्वप्रकाश लामिछाने, पत्रकार महासंघ कास्कीका निर्वतमान अध्यक्ष बिमला भण्डारी, अध्यक्षका प्रतिस्पर्धी राजेन्द्र अधिकारी, नवनिर्वाचित अध्यक्ष बरालले पत्रकार महांघ जिम्मेवार र व्यावसायिक बन्नुुपर्नेमा जोड दिनुुभयो ।