पाेखरा, पुस ११ गते ।पाेखरा महानगरपालिका वडा नम्बर १५ काे आयाेजनामा तेस्रो वडा खेलकुद महाेत्सव हुने भएकाे छ । आउदाे माघ २ गतेदेखि ६ गतेसम्म वडा स्तरीय खेलकुद महाेत्सव गर्ने तयारी गरेकाे बिहीबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हाे ।
महाेत्सवमा पुरुष फुटबलकाे विजेताले ४० हजार, उपविजेताले ३३ हजार ४ सय, विद्यालय स्तरीय छात्र फुटबलको विजेताले २६ हजार ७ सय, उपविजेताले २० हजार रुपैयाँ, महिला/ पुरुष भलिबल विजेताले २६ हजार ७ सयर उपविजेताले २० हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडा अध्यक्ष ताेरण बहादुर बानियाँले जानकारी दिनुभयाे ।
त्यस्तै विद्यालय स्तरीय युनि हक्कि छात्रछात्रा विजेताले १०/ १० हजार र दाेश्राेले ८/८ हजार र तेस्रोले ६/६ हजार रुपैयाँ प्राप्त गर्नेछन ।छात्र साइक्लिङ्ग विजेताले ८ हजार, उपविजेताले ६ हजार, तृतीयले ४ हजार, सान्त्वना दुईजनालाई २/२ हजार प्राप्त गर्नेछन् ।
पुरुष/ महिला,छात्रछात्रा सडक दाैड विजेताले १० हजार, उपविजेताले ८ हजार, तृतीयले ६ हजार, सान्त्वनाले २/२ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष बानियाँले बताउनुभयाे ।त्यस्तै ब्याडमिन्टन महिला/पुरुष डबलमा विजेताले ८ हजार, उपविजेताले ६ हजार, ब्याडमिन्टन सिंगङ्गल महिला/पुरुष विजेताले ५ हजार र उपविजेता ले ४ हजार जित्ने छन् ।
महाेत्सव अन्तर्गत महिला रस्साकस्सी विजेताले १० हजार, उपविजेताले ८ हजार र तृतीयले ६ हजार र ह्लचियर बास्केटबल बिजेताले १० हजार र उपविजेताले ८ हजार प्राप्त गर्ने छन् भने ह्लचियर दाैड विजेताले ६ हजार ७ सय, उपविजेताले ५ हजार ४ सय, तृतीय ४ हजार र सान्त्वनाले २७ सय प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।