मादी गाँउपालिका नागीधार महोत्सवको तयारी तिव्र

पोखरा,  पुस । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा हुने नागीधार महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सव माघ ४ देखि ६ गते सम्म चल्ने छ ।

महोत्सवमा आयोजना गरिएको विभिन्न प्रतियोगिताहरुमा सहभागिताका लागि विभिन्न युवा क्लब, आमा समूह, विद्यालय, टोल विकास संस्थाहरु साथै अतिथिहरुका लागी पत्रचारका कामहरु भइरहेको महोत्सव सन्चालन संयुक्त मुल आयोजक समितिका सदस्य तथा नागीधार सिर्जनशील युवा क्लबकी कोषाध्यक्ष एलिसा गुरुङ्ले जानकारी दिइन् ।महोत्सव स्थल खेलमैदान मर्मत तथा सफाइका कामहरु समेत भइरहेको समिति सदस्य खिम घलेले जानकारी दिए ।

 

नागीधार गाउँको सर्वा·िण विकासमा क्रियाशील सामाजिक संस्थाहरु नागीधार सिर्जनशील युवा क्लब, सबुदुम्हर्सो तमु समाज नागीधार र नेदा तमु सेवा समिति पोखरा लगायत संस्थाहरुको संयुक्त आयोजना तथा नागीधार टोल विकास संस्था, नागीधार विश्वकर्मा एकता समाज, सोंथर बेँसी विकास समिति लगायत संस्थाहरुको सहयोग तथा प्रवद्र्धनमा महोत्सव हुन लागेको नेदा तमु सेवा समाज पोखराका अध्यक्ष राजकुमार गुरुङ्ले जानकारी दिए ।

 

नागीधार गाउँ तथा त्यस आसपास क्षेत्रको पर्यटन प्रवर्धन, खेलकुद प्रवद्र्धन, संस्कृति संरक्षण तथा प्रवद्र्धन, मनोरन्जन साथै प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सव सन्चालन संयुक्त मुल आयोजक समितिका संयोजक तथा मादी – ८ का जनप्रतिनिधि ओम प्रकाश गुरुङ्ले जानकारी दिए ।

 

महोत्सवकै अवसरमा खेलमैदान परिसरमा समाजसेवी लक्ष्मी गुरुङद्वारा निर्माण गरिएको प्रतिक्षालय उद्घाटन, समाजसेवी सर बहादुर गुरुङ, नर बहादुर गुरुङ कृष्ण प्रसाद गुरुङको परिवारद्वारा निर्माण गरिएको खानेपानी धारा र चौतारा उद्घाटन गरिने कार्यक्रम समेत तय गरिएको छ ।

 

महोत्सवको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ्द्वारा गरिने र समापन मादी गाउँपालिका अध्यक्ष देवीजङ गुरुङ उपाध्यक्ष कल्पना गुरुङ्द्वारा गरिने संयोजक ओम प्रकाश गुरुङ्ले जानकारी दिए ।

 

उनका अनुसार महोत्सवको दोस्रो दिन एनआरनए युकेका पूर्व अध्यक्ष मेजर डमर घले र सांस्कृतिक नृत्य प्रतियोगिताको प्रमुख अतिथि समाजसेवी नर बहादुर गुरुङ रहने छन् ।

 

महोत्सवमा खेलकुद प्रतियोगिताहरु तर्फ खुल्ला सेभेन ए साइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, पुरुष तथा महिला रसी तान्ने रहेका छन् भने सांस्कृतिक कार्यक्रमहरु तर्फ खुल्ला सामूहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समूह नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृष्ण चरित्र नाच, चर्चित गायक गायिकाहरुको प्रस्तुतति सांस्कृतिक झाँकीहरु लगायत प्रस्तुति रहने छन् ।

 

त्यस्तै शैक्षिक कार्यक्रमहरु तर्फ कक्षा १ देखि ३ सम्मका विधार्थीहरुका लागि खुल्ला श्रुती लेखन प्रतियोगिता, कक्षा ४ देखि ८ सम्मका विधार्थीहरुका लागि मादी – ८ को समृद्धि र पर्यटन प्रवद्र्धनका लागि सम्भावनाहरु के के हुन सक्छन् भन्ने शीर्षकमा खुल्ला वक्तित्वकला प्रतियोगिता राखिएको सबुदुम्हर्सो तमु समाज नागीधारका अध्यक्ष होम बहादुर गुरुङ्ले जानकारी दिए । महोत्सवलाई सफल पार्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । साथै समाजसेवी ब्यक्ति तथा संघ संस्थाहरुले आर्थिक सहयोग समेत गरिरहेको आर्थिक उपसमिति संयोजक प्रकाश गुरुङ्ले जानकारी दिए ।

 

३ दिनसम्म चल्ने उक्त महोत्सवलाई ५ हजार जना दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। त्यस्तै प्रतियोगिताहरुमा सहभागिताका लागि फुटबल तर्फ ३० टीम , सामूहिक नृत्य तर्फ १५ टीम , रसी तान्ने तर्फ १० टीम र छेलो फाल्ने प्रतियोगिता तर्फ धेरैजनाको सहभागिता रहने अपेक्षा गरिएको खेलकुद संयोजक तथा नागीधार सिर्जनशील युवा क्लबका अध्यक्ष विशाल घलेले जानकारी दिए ।

 

पोखरा –१३ भद्रकाली काँहुखोला बाट भैसे , भगवतीटार , थुम्सीकोट, गहते, मिजुरे, पाखुरीकोट गाउँ हुँदै ३५ किमि को दुरीमा नागीधार गाउँ सवारीसाधन बाट सजिलै पुग्न सकिने नागीधार सिर्जनशील युवा क्लबका उपाध्यक्ष बसन्त गुरुङ्ले जानकारी दिए । त्यस्तै पोखरा – २६ बिजयपुर बाट कालिका, सौरे, भगवतीटार भएर पनि पुगिन्छ भने पोखरा –३१ बेगनास बाट सौरे, भगवतीटार थुम्सीकोट भएर पनि नागीधार गाउँ पुग्न सकिन्छ ।

 

पोखरा बाट थुम्सीकोट सम्म २० किमि सडक पिच रहेका छन् भने बाँकी १५ किमि कच्ची रहेका छन् । हाल नागीधार र पाखुरीकोट गाउँमा केहि होम स्टेहरु र स्थानीय होटेलहरु समेत सञ्चालनमा रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...