पोखरा । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेशले सशस्त्र प्रहरी बल एपिएफलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकीले एपिएफमाथि ३–१ सेटको जित दर्ता गराएको हो ।
यसअघि महिलातर्फ भएको खेलमा आयोजक टोली र नेपाल पुलिस क्लब विजयी भएका थिए । आयोजक टोलीले टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लब र पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो ।
महिलातर्फ आयोजक टोली र एपिएफले पहिलो क्वालिफायर खेल्नेछन् । पुलिस र न्यू डायमण्डले एलिमिनेटर खेल्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजयी हुने टोलीले फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिष्पर्धा गर्नेछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ