सूचना तथा प्रसारण विभागको पोखरामा घुम्ती सेवा शिविर

पोखरा । सूचना तथा प्रसारण विभागले पोखरामा घुम्ती सेवा शिविर सञ्चालन गरेको छ । पत्रकार महासंघ कास्कीको सहकार्यमा सञ्चालित २ दिने शिविरको बुधबार सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले पहिलो सेवाग्राही योगेन्द्र श्रेष्ठलाई प्रेस प्रतिनिधि पास वितरण गरेर शुभारम्भ गर्नुभयो ।

शिविरबाट नयाँ प्रेस प्रतिनिधि पास वितरण, नवीकरण, अनलाइन नयाँ दर्ता, नवीकरण र स्वतन्त्र पत्रकारको परिचय नवीकरण गर्न सकिने परियारले बताउनुभयो । सङ्घियताको मर्म अनुसार कास्की र आपसपासका जिल्लाका सञ्चारकर्मीलाई सेवा लिन सहजहोस् भनेर शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ ।

 

वार्षिक कार्ययोजना अनुसार तालिका बनाएर देशभर नै घुम्ती सेवा शिविर सञ्चालन गरिने उहाँले बताउनुभयो । शिविरमा ६ जना कर्मचारीले सेवा दिएका छन् । कास्कीसहित स्याङ्जा, मुस्ताङका सञ्चारकर्मीले पनि शिविरबाट सेवा लिएको पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले बताउनु भयो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...