पोखरा, माघ २८ गते । पोखरा महानगरपालिका दुर्गन्धित बनेको छ । तीन दिनदेखि महानगरले फोहोर नउठाएपछि पर्यटकीय सहरका सडक किनारामा फोहोर थुप्रिएका कारण दुर्गन्धित बनेको हो । पोखराका मुख्य सडक किनारामा फोहोरका थुप्रा रहेका छन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले टिकट काटेर हेर्न मिल्ने ल्याण्डफिल्ड साइड बनाउने बताएका थिए । उनले आधुनिक र बाहिरबाट आउनेले टिकट काटेर हेर्न मिल्ने ल्याडफिल्ड साइड बनाउने भनेको झण्डै तीन वर्ष वित्न लागेको छ ।
![](https://safalnews.com/wp-content/uploads/2025/02/IMG_20250210_112437-scaled.jpg)
पोखरा महानगरले भ्रमण वर्ष घोषणाको तयारी गरेको प्रचार गरेपनि शहरको फोहोर व्यवस्थापनमा मेयरले गम्भीर रुपमा ध्यान नदिएको गुनासो पोखरेलीको छ । काम भन्दा तफ ठूला गर्ने अनि उद्घाटनका कार्यक्रममा व्यस्त हुने मेयर पोखराको दिर्घकालिन फोहोर ब्यवस्थापनमा काम नगर्दा अहिलेको अवस्था भएको हो ।पोखरा महानगरमा अहिले ६ वडा कम्पनीले फोहोर व्यवस्थापन गर्दै आएका छन् ।