पोखरा, माघ २८ गते ।सहारा एकेडेमीको तेश्रो ब्याजका खेलाडीले सहिद स्मारक बी डिभिजन गित खेल्ने भएका छन् । एकेडेमीमा रहेका तेस्रो ब्याचका ६ खेलाडीले काठमाडौंमा सुरु हुने सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्ने भएका हुन् । उनीहरुले ब्रिगेड ब्वाइज क्लब (बिबिसी्) बाट बी लिग खेल्ने भएका हुन्।
![](https://safalnews.com/wp-content/uploads/2025/02/IMG_20250210_153958-scaled.jpg)
![](https://safalnews.com/wp-content/uploads/2025/02/IMG_20250210_153829-scaled.jpg)
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 41;
खेलाडी हस्तान्तरण बापत बिबिसीले सहारालाई २ लाख रुपैयाँ दिने सम्झौता पत्रमा उल्लेख रहेको छ । खेल दौरान खेलाडी घाइते भए त्यसको उपचार बिबिसीले गर्ने छ । कार्यक्रममा सहाराका अध्यक्ष केशवराज बरालले फुटबलका हिमाती भएकाले ब्यवसायीक फुटबलको नारा लगाउदै आएको बताउदै व्यवसायीक खेलाडी र प्रशिक्षक पाउने विश्वास ब्यक्त गर्नुभयो । उपाध्यक्ष पूर्ण बहादुर गुरुङले खेलाडीलाई सफलताको शुभकामना दिनुभयो । उहाँले बी डिभिजन लिगमा राम्रो गर्न आग्रह गर्नुभयो ।
अखिल नेपाल खेलाडी संघका अध्यक्ष विक्रम लामाले सहाराले एकेडेमीले उत्पादन गरेको खेलाडीले बी डिभिजन खेल्न पाउनु खुशीको कुरा भएको र आगामी दिनमा पनि अन्य खेलाडीले पनि मौका पाउन सक्ने विश्वास गर्नुभयो । बी डिभिजन लिग फागुन २५ गते सुरु हुँदैछ।