
बिजयी खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथ प्रथमले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद प्राप्त गरे । खेलाडीहरुलाई नेपाल ¥याफ्टिङ्ग एण्ड क्यानोईङ्ग संघका बरिष्ठ उपाध्यक्ष सूर्य जोशी, संघका महासचिव एवं अन्तराष्ट्रिय निर्णायक सुदीप गौतम, कोषाध्यक्ष महेश थापा लगायतले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण तथा समापन समारोहलाई बरिष्ठ प्रशिक्षक निम बहादुर मगरले बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।
—