पत्रकार रजककाे हत्या विरुद्ध पाेखरामा प्रदर्शन

पाेखरा, चैत १६ गते ।पत्रकार सुरेश रजकको हत्या र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा देशभर प्रदर्शन गरेकाे छ ।

पत्रकार महासंघकाे स्थापना दिवसमा विरोध सभा गरेर मनाएको हाे । केन्द्रीय निर्णय अनुसार पत्रकारहरुले पोखरामा पनि विरोध प्रदर्शन गरे । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा महासंघ कार्यालयबाट शुरु भएको विरोध र्याली राष्ट्रबैंकचोकहुँदै सहिदचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

विरोध सभामा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले राजावादीको नाममा भएको आन्दोलनमा पत्रकारको हत्या गरिनू निन्दनीय भएको बताउनुभयाे । उहाँले निरंकुश राजतन्त्र फर्काउने आन्दोलनमा प्रेसमाथि आक्रमण हुनु र पत्रकारको हत्या हुनु दुःखद भएकाे भन्दै घोर भत्र्सना गर्नुभयाे ।’

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार रजकको राजावादीले हत्या गरेको भन्दै आगलागी भएको घरमा ढोका थुनेर निस्कन नदिनू र आगो निभाउन आएको दमकललाईपनि रोकेर पत्रकार रजकको हत्या गरेकाे बताउनुभयाे ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले नेपाल पत्रकार महासंघ केन्द्रको आह्वानमा विरोध प्रदर्शन गरिएको बताउदै नेपालकाे संविधानले राजालाई नचिन्ने उल्लेख गर्नुभयाे ।

 

प्रेस युनियन कास्कीका सभापती वासु मिश्र, प्रेस चौतारी कास्कीका अध्यक्ष मोतीसागर अधिकारी, प्रेस सेन्टर कास्कीका ईञ्चार्ज सन्देश श्रेष्ठ लगायतले पत्रकारकाे हत्या गर्नेहरुलाई छानबिन गरि कारबाही गर्न माग गरे ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...