एकराज गिरी/पोखरा, चैत ३१ गते । नेपाली नयाँ वर्षसंगै पर्यटकीय शहर पोखराका होटल भरिभराउ भएका छन् । नयाँ वर्षको सुरुवातसंगै फेवाताल किनारमा सुरु भएको ‘फेवा नव वर्ष महोत्सव’ ले पोखराका पर्यटनमा अकुपेन्सी ह्वात्तै बढेको दाबी ब्यवसायीले गरेका छन् । पर्यटकीय क्षेत्र लेकसाईडका होटलमा आन्तरीक पर्यटकले भरिभराउ भएको होटल संघका पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।
नयाँ वर्ष पर्यटन मध्यम र दोश्रो सिजनमा पर्छ उहाँले भन्नुभयोे–‘नयाँ वर्ष अगाडी सम्म अकुपेन्सी ६० प्रतिशतको हाराहारीमा थियो, ९० प्रतिशतसम्म पुग्ने अनुमान गरेका छौँ ।’ महोत्सव सुरु हुनुअघिल्लो दिनसम्म होटल बुकिङ ६० प्रतिशत थियो उहाँले भन्नुभयो,“नयाँ वर्षको पहिलो दिनसम्म ९० प्रतिशत पुगेको छ ।”
लेकसाइडका सबै होटलका कोठाहरु बुकिङ हुने छन् । नयाँ वर्ष अघिसम्म आन्तरीक बाह्य पर्यटक गरि ६० प्रतिशतको हाराहारीमा थियो उहाँले भन्नुभयो –‘अहिले आन्तरीक पर्यटकको संख्या बढेर अकुपेन्सी ९० प्रतिशत पुगेको छ ।’ पछिल्लो समय नेपालीमा घुम्ने बानीको विकास भएका कारण आन्तरीक पर्यटकको संख्या बृद्धि भएको छ ।
नेपाली नयाँ वर्षमा पनि घुम्नुपर्छ भन्ने भावना विकास भएको छ, त्यसैले आन्तरीक पर्यटकका लागी पोखरा रोजाईमा पर्ने गरेका कारण आन्तरीक पर्यटकका कारण चहलपह बढेकोे छ अध्यक्ष सुवेदीले भन्नुभयो ।पर्यटकहरुका लागि मध्य सेप्टेम्बरदेखि मध्य डिसेम्बरसम्म मुख्य सिजन र अहिले मध्य मार्चदेखि अप्रिलसम्म दोश्रो सिजन हो उहाँले भन्नुभयो ।
पोखरामा अझै पनि अपेक्षाकृत रुपमा पर्यटक आउन सकेका छैनन्, पर्यटकका लागी भौतिक पुर्वाधार नहुदाँ बाह्य पर्यटकको आगमन अपेक्षाकृत छैन् ।’पछिल्लो समय सडकको स्तरन्नोति, भैरहेका कारण केही असहज भएपछि आन्तरीक पर्यटकको आगमन बढेको उहाँले बताउनुभयो
पोखरामा पर्यटकलाई आकर्षण गर्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम भैरहेका छन् ।
होटल संघ पोखराले नेपाली नयाँ वर्षमा गर्नेै महोत्सव, अग्रेँजी नयाँ वर्षमा रेवानले गर्ने सडक महोत्सव र पोखरा पर्यटन परिषद्ले गर्ने रोपाई महोत्सवले आन्तरीक पर्यटनमा टेवा पुगेको छ । नयाँ वर्षमा दुई दिन आन्तरीक पर्यटक भरिभराउ भएपनि दिगो बनाउनुपर्ने आवश्यकता भएको पर्यटन व्यवसायी बताउछन् । होटल संघले नेपाली नयाँ वर्षमा आन्तरीक तथा बाह्य पर्यटन प्रवद्धन गर्न फेवाताल किनारमा नव वर्ष महोत्सव संचालन गरिहरहेको छ । चैत ३० गतेबाट सुरु भएको महोत्सव बैशाख १ गतेसम्म संचालन हुने छ ।
पोखरामा पर्यटकस्तरका ७ सय २५ सय होटलहरु संचालनमा छन् । संचालित होटल मध्ये पश्चिमाञ्चल होटल संघमा आबद्ध होटलहरु ४ सय भन्दा बढि छन् । ती होटलहरुमा करीब १२ सय कोठाहरु छन् । पोखराको पर्यटन क्षेत्रमा ७ खर्बको लगानी रहेको र त्यो मध्य ५ खर्ब रुपैयाँ पोखराका होटलहरुमा मात्रै नगानी भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणपछि मात्रै पोखराको पर्यटनमा डेढ खर्ब लगानी थपिएको छ । नयाँ वर्षको अवसरमा होटल संघ अन्र्तगतका सदस्य होटलहरुले अन्यदिन भन्दा २० प्रतिशसत छुट प्रदान गरेको संघले जनाएको छ ।