पाेखरा, जेठ ७ गते । पाेखराकाे पामेमा ल्याण्डिङ हुदै आएकाे प्याराग्लाइडिङ भाेलिदेखि फेवाताल किनार खपाैदिमा ल्याण्ड हुनेभ एकाे छ ।
नागरिक उड्डयन प्राधिकरणले साविक अवतरणस्थल खपौदीमा बिहीबारबाट अवतरणका लागि अनुमति दिएपछि प्यारापाइल र व्यवसायीमा खुशी छाएको छ ।
पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडान सेवा २०२३ को जनवरी १ देखि बन्द गरिएको थियाे। नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनसँगै सुरक्षाका कारणले गर्दा सराङकोट, तोरेपानी र ताम्गीका प्याराग्लाइडिङ जोनहरू बन्द गर्ने निर्णय गरेको थियाे । त्यसपछि प्याराग्लाइडिङ सेवा मन्द्रेढुङ्गाबाट उडान भर्दै आएका थिए । जुन सराङकोटको पश्चिममा लगभग ५ किलोमिटर टाढा रहेको थियाे ।
मन्द्रेढुङ्गामा दैनिक ११ बजे देखि ३ बजेसम्म मात्र प्याराग्लाइडिङ अनुमति दिइएको थियाे । यस निर्णयले पोखरामा प्याराग्लाइडिङ उद्योगमा केही चुनौतीहरू ल्याएको थियाे । सार्वजनिक सुरक्षा र विमानस्थलको सञ्चालनलाई ध्यानमा राख्दै CAAN ले यो कदम चालेको हो।
नेपाल हवाई खेलकुद संस्था (ना) का उपाध्यक्ष खेमराज आचार्यका अनुसार विमानस्थल सञ्चालनमा आउनुअघि दैनिक १ हजार पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेकोमा उडान र अवतरणस्थल सरेपछि १ सयजनामा सीमित हुन पुगेको थियो । चार सयको संख्यामा रहेका प्यारा पाइलट घटेर २ सय ५० मा झरेका थिए । ६३ बटा प्याराग्लाइडिङ कम्पनीमध्ये १० वटा विस्थापित भएकाे उनले बताए ।
पुरानै स्थानमा ल्याण्डिङ गर्ने अनुमति पाएकाे अवसरमा हवाई खेलकुद संस्था र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको संयुक्त आयोजनामा बुधबार पोखरामा प्याराग्लाइडिङ उडान अभिमुखिकरण तालिम तथा पर्यटन विकासमा प्याराग्लाइडिङको भूमिका विषयक अन्तरक्रिया सम्पन्न गरेकाे छ ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले प्याराग्लाइडिङ पाेखराकाे विशेष पडक्ट भएकाे बताउदै प्याराग्लाइडिङ सुरक्षित रहेको सन्देश दिनुपर्नेमा जोड दिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले उडानस्थल साविकको अवस्थामा फर्किनु सुखद् भए पनि एकल (सोलो) उडान पनि खोल्न माग गरे । पाेखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयाेजक गाेपिबहादुर भट्टराईले पाेखराकाे पर्यटनकाे प्रचार प्रसारमा ध्यान दिदै अन्तर्राष्ट्रिय बजारमा चिनुपर्ने बताए ।
पाेखराका पर्यटन व्यवसायी बासु त्रिपाठीले प्याराग्लाईइिङका लागि पाेखरा विश्वकै उत्कृष्ट स्थल रहेकाे बताए । उनले सुरक्षा पहिलाे प्रााथमिकता हुने बताए । पाेखरामा भएकाे नवौं राष्ट्रिय खेलकुदका क्रममा प्याराग्लाइडिङ दुर्घटनामा निसिम थापाको निधन भएपछि सोलो उडान बन्द गरिएको छ उक्त उडान संचालन गर्नुपर्नेमा समेत जाेड दिइएको छ ।